ओली–नेपाल भेटवार्ताको तयारी
![ओली–नेपाल भेटवार्ताको तयारी](https://rpcdn.ratopati.com/media/albums/madhav_kp_KW8nthspEE_K5jxWpyhuA.jpg)
नेकपा एमालेभित्रको विवाद समाधान गर्ने प्रयासस्वरुप मङ्गलबार पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी गरिएको छ । एमाले नेता सुवास नेम्वाङका अनुसार दुई नेताबीच आज भेटवार्ता गर्ने तय भए पनि समय र स्थान भने तय भइसकेको छैन । ‘आज भेट हुन्छ, समय र स्थान ‘फिक्स’ हुन बाँकी छ,’ नेम्वाङले रातोपाटीसँग भने ।
पछिल्लो समय ओली र नेपाल सार्वजनिक कार्यक्रममा एक अर्काप्रति आक्रामक देखिएपनि विघटित कार्यदलका सदस्यहरुसहित दोस्रो तहका नेताहरूले भने पार्टी एकताका लागि निरन्तर पहल जारी राखेका छन् । दोस्रो तहका नेताहरू कै पहलका कारण ओली पक्षले माधव पक्षलाई स्पष्टीकरण सोधे पनि कारबाही अघि बढाएको छैन ।
उता, माधव नेपालले पनि आफू पार्टी एकताकै पक्षमा रहेको स्पष्ट पारेका छन् । सोमबार राजधानीमा भएको आफू निकट स्थायी समिति बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘कमरेडहरू सबैको एकताको भावनासँग मेरो पनि एकरूपता छ । त्यसैले मैले बारम्बार एकता हाम्रो इच्छा र चाहना हो भन्ने गरेको छु । सकेसम्म छिटो, सम्मानजनक र सुव्यवस्थित ढङ्गले एकता होस् भन्ने मेरो चाहना छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाथरस घटना : एफआईआरमा सत्संग गर्ने बाबा नआएको विषयमा मुख्यमन्त्री योगीले के भने ?
-
माधवलाई अध्यक्ष र रामकुमारी झाँक्रीलाई उपाध्यक्ष बनाउने कसरत
-
साङ्घाई कोअपरेसन सम्मेलन : राष्ट्रपति पुटिन र सीबिच प्रभाव जमाउने होडबाजी
-
सैदी पावर कम्पनीको सेयर जारी गर्न कुमारी क्यापिटल बिक्री प्रबन्धक नियुक्त
-
रवि लामिछानेले ब्ल्याकमेलिङको राजनीति गरेको सांसद बस्नेतको आरोप
-
लोसपाले पनि कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने