ओलीको मागबमोजिम अदालतको आदेश, कर्णाली सरकारलाई ‘हाइसञ्चो’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सर्वोच्च अदालतमा दिइएको भ्याकेट निवेदनमा सर्वोच्च अदालतले निवेदकको माग बमोजिमको आदेश दिएको छ । अदालतको आदेशबाट कर्णाली प्रदेश सरकारलाई ‘हाइसञ्चो’ भएको छ ।
नेकपा एमालेले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका चारजना प्रदेशसभा सदस्यले पार्टीबाट आफूहरुमाथि गरिएको कारवाहीलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । उक्त रिट निवेदनमाथि इजलासले अन्तरिम आदेश जारी गर्दै उनीहरुमाथिको कारवाहीसम्बन्धी निर्णय कार्यान्वयन नगर्न र नगराउन अन्तरिम आदेश जारी गरेको थियो ।
प्रदेशसभा सदस्यकै रुपमा काम गर्न पाउने गरी अदालतले प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाको पक्षमा अन्तरिम आदेश जारी गरेपछि एमाले अध्यक्ष ओलीले त्यसविरुद्ध ‘भ्याकेट’ दर्ता गराएका थिए ।
सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा निवेदकको माग बमोजिम नै हुने गरी यसअघिको अन्तरिम आदेशलाई खारेज गरिदिएको हो । अन्तरिम आदेश खारेजीसँगै अब उल्लेखित चारजना प्रदेशसभा सांसदका रुपमा कायम रहने छैनन् । यसले गर्दा प्रदेशसभाको समीकरणमा समेत केही फेरबदल हुने देखिन्छ ।
हाल ३९ सदस्य रहेको प्रदेशसभामा एमालेका चार सांसदमाथिको कारवाही तत्कालका लागि सदर भएसँगै अब प्रदेशसभाको अंकगणित ३५ सदस्यमा खुम्चिएको छ ।
उक्त अंकका आधारमा बहुमतका लागि कम्तिमा १८ सांसदको समर्थन आवश्यक हुन्छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको १२ र सत्ता साझेदार दल नेपाली काँग्रेसका ६ सदस्य रहेका कारण प्रदेश सरकार अल्पमतमा पर्नबाट जोगिएको छ ।
उता, साविकमा २० सांसद रहेको एमालेलाई भने अदालतको निर्णयले थप घाटा भएको छ । एमालेको जम्मा सांसद संख्या अब १६ मा झरेको छ । प्रदेशसभामा राप्रपाको एक सिट छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
