आफू पक्षीय नेतालाई साक्षी राखेर माधव नेपालले भने- एकताको पक्षमा छु

पूर्वप्रधानमन्त्री तथा नेता माधवकुमार नेपालले आफू पार्टी एकताको पक्षमा रहेको बताएका छन् । उनले आफ्नो चाहना अरू सदस्यको जस्तै होस् भन्ने रहेको उल्लेख गर्दै त्यसका लागि सम्मानजनक र सुव्यवस्थित ठाउँ चाहिने बताए ।
सोमबार राजधानीमा भएको आफू निकट स्थायी समिति बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘कमरेडहरू सबैको एकताको भावनासँग मेरो पनि एकरूपता छ । त्यसैले मैले बारम्बार एकता हाम्रो इच्छा र चाहना हो भन्ने गरेको छु । सकेसम्म छिटो, सम्मानजनक र सुव्यवस्थित ढङ्गले एकता होस् भन्ने मेरो चाहना छ ।’
सो क्रममा छलफलका अन्य स्थायी कमिटी सदस्यहरूले जिम्मेवार व्यक्तिहरूले सार्वजनिक अभिव्यक्ति दिने क्रममा शब्द चयन गर्दा मर्यादा र शिष्टाचारमा ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए । यस्तै मुख्य नेताका अभिव्यक्तिले पार्टी एकता प्रक्रियामा आँच नपुगोस् भन्नेतर्फ सम्बद्ध पक्षले ध्यान दिनुपर्ने राय राखेका थिए ।
बैठकमा नेपाल सहित मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल, गोकर्ण विष्ट, भीम आचार्य, वेदुराम भुषाल, प्रमेश हमाल लगायतको उपस्थिति थियो । यसैबीच पार्टी अध्यक्ष केपी ओली र माधव नेपाल पक्षबीच भेटवार्ताका लागि प्रयास भइरहेको एक नेताले बताए । दुई समूहबीच तिक्तता बढ्दै गर्दा वार्ताका लागि प्रयास भएको हो । दुई नेताबीच वार्ताका लागि निरन्तर पहल हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झगडै झगडामा ढुङ्गाले टाउकोमा हानेर श्रीमतीको हत्या
-
‘गोल्डस्टार’ लाई दुई लाख पाँच हजार जरिवाना
-
दुगड बदर्श एण्ड सन्सलाई विभागले तिरायो तीन लाख जरिवाना, अन्य तीन फर्मलाई कति ?
-
आवासीय चिकित्सकका विषयमा शिक्षा मन्त्रालयले सच्यायो विज्ञप्ति
-
स्टार्टअप कर्जाका लागि ६६१ परियोजना छानिए, कसरी पाइन्छ ऋण ?
-
राजस्व अनुसन्धान विभागद्वारा ध्रुव कन्स्ट्रक्सनका सञ्चालक विरूद्ध १ अर्ब २० करोडको मुद्दा दायर