माधव नेपाल पक्षको बैठकमा के–के छलफल भयो ?
एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल सहित उनी पक्षीय स्थायी कमिटी सदस्यहरूबीच पार्टी एकताका लागि भइरहेका प्रयासहरूबारे छलफल भएको छ । छलफलमा एकता प्रयास कसरी अघि बढिरहेको छ भन्नेबारे कार्यदलमा रहेका सदस्यहरु र वार्ता प्रकृयामा सहभागि सदस्यहरुले जानकारी गराएको नेता रघुजी पन्तले जानकारी दिए ।
छलफलका क्रममा स्थायी कमिटी सदस्यहरूले जिम्मेवार व्यक्तिहरूले सार्वजनिक अभिव्यक्ति दिने क्रममा शब्द चयन गर्दा मर्यादा र शिष्टाचारमा ध्यान दिनुपर्ने कुरामा जोड दिएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै मुख्य नेताका अभिव्यक्तिले पार्टी एकता प्रकृयामा आँच नपुगोस् भन्नेतर्फ सम्वद्ध पक्षले ध्यान दिनुपर्ने राय व्यक्त भएको पनि उनको भनाइ छ । यस्तै पार्टी एकताको महत्वपूर्ण कार्यलाई परिणाममा पुर्याउन जिम्मेवार व्यक्तिहरू संयमित, जिम्मेवार र संवेदनशील भएर लाग्नुपर्नेमा पनि स्थायी कमिटी सदस्यहरूले जोड दिएका थिए ।
बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता माधव कुमार नेपालले आफु सधै पार्टी एकताको पक्षमा रहेको स्पष्ट बताएका थिए । उनले भने, ‘कमरेडहरु सबैको एकताको भावनासँग मेरो पनि एकरुपता छ । त्यसैले मैले बारम्बार एकता हाम्रो इच्छा र चाहना हो भन्ने गरेको छु । सकेसम्म छिटो, सम्मानजनक र सुव्यवस्थित ढंगले एकता होस् भन्ने मेरो चाहना छ ।’
बैठकमा वरिष्ठ नेता नेपाल सहित मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल, गोकर्ण विष्ट, भीम आचार्य, वेदुराम भुषाल, प्रमेश हमाल लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण