शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसबाट को–को बन्दैछन् मन्त्री ? यस्ता छन् चर्चाका नाम

बिहीबार, १४ साउन २०७८, १० : ५९
बिहीबार, १४ साउन २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारको तयारी गरेपछि नेपाली काँग्रेसमा मन्त्रीका आकांक्षी बढ्न पुगेका छन् ।

काँग्रेसमा संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट मन्त्रीका आकांक्षी बढ्न पुगेपछि प्रधानमन्त्री देउवालाई व्यवस्थापन गर्न सकस परेको बताइएको छ । जसमा काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालदेखि सांसद प्रकाश रसाइलीसम्मको नाम मन्त्री हुने चर्चामा छन् ।  

मन्त्री हुने चर्चामा रहेकामा डा. नारायण खड्का, डा. डिला संग्रौला, देवेन्द्र कँडेल, बहादुर लामा, मानबहादुर विश्वकर्मा लगायतले मन्त्रीका लागि दाबी गरिरहेका छन् ।

यस्तै पौडेल पक्षबाबाट, सुजाता कोइराला, दिलेन्द्र बडू मिनेन्द्र रिजाल, राजन केसी, तेजुलाल चौधरी, प्रमोद यादव, प्रकाश रसाइली स्नेहीले लबिङ गरिरहेका छन् ।

उता, सिटौला पक्षबाट गगन थापा, उमाकान्त चौधरी र भीमसेनदास प्रधान मन्त्री बन्ने लाइनमा देखिन्छन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप