शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुटुक्क दिल्ली पुगे विमलेन्द्र निधि

बुधबार, १३ साउन २०७८, १८ : ००
बुधबार, १३ साउन २०७८

नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को चर्चा चलिरहेकै बेला सत्तारुढ दल नेपाल काँग्रेसका उपसभापति विमलेन्द्र निधि भारत पुगेका छन् । निधिको निजी सचिवालयले उनी भारतको गएको पुष्टि गरेको छ ।

‘उहाँ पारिवारिक कामले भारत जानुभएको हो । आज बिहान काठमाडौँबाट नयाँ दिल्ली जाने कार्यक्रम तय थियो । तर, विमानमा सिट नपाएका कारण उहाँ काठमाडौँबाट बिराटनगर अनि त्यहाँबाट सिलिगुडी हुँदै कलकता जानुभएको हो । उहाँको ससुराली त्यहीँ हो । उहाँको जेठानले बोलाउनुभएकोले जानुभएको हो । उहाँ भोलिसम्म बसेर पर्सी फर्किने कार्यक्रम रहेको छ’ निधिका स्वकीय सचिव विश्वास बिक्रमले रातोपाटीलाई भने ।

सुरक्षा स्रोतले भने निधि भारतको राजधानी नयाँ दिल्ली गएको जनाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी बिंल्केन भारत आएको मौकामा निधि दिल्ली पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अमेरिकी विदेशमन्त्री र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मंगलबार बेलुकी टेलिफोन वार्ता भएको थियो । दुई नेताबीच एमसीसीबारे चर्चा भएको बताइएको छ । नेपाली काँग्रेसकै पालामा एमसीसी परियोजनामा सम्झौता भएको थियो । सो सम्झौता पारित हुनुपर्नेमा देउवाले जोड दिँदै आएका छन् ।

​यद्यपि, सत्तारुढ गठबन्धनमा यो विषयमा मतभेद रहँदै आएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताको बैठकमा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी अघि बढाए गठबन्धनबाट बाहिरिने चेतावनी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप