उपेन्द्र कित्तामा उभिएका मृगेन्द्र यादवले भने, ‘राजेन्द्र महतोले मलाई गुलामी गर्न टिकट दिएको हो ?’
सोमबार, ११ साउन २०७८, १२ : १८

जसपाको राजेन्द्र महतो निकट नेता मानिने कार्यकारिणी समिति सदस्य मृगेन्द्र यादवले कित्ता परिवर्तन गरेका छन् । उनले उपेन्द्र यादव पक्षमा लागेर आज निर्वाचन आयोगमा आफ्नो हस्ताक्षर सनाखत गराएका छन् ।
उनले आयोग परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफू पूर्व राजपा भए पनि अहिले जसपामा भएको भन्दै मूल पार्टीलाई आफ्नो समर्थन रहेको प्रतिक्रिया दिए । तपाईँलाई राजेन्द्र महतोले टिकट दिएर राष्ट्रियसभा सदस्य बनाउनु भयो अहिले उपेन्द्र यादवतिर लाग्नु भयो नि भन्ने प्रश्नमा उनले भने, ‘उहाँको गुलामी गर्नका लागि मलाई टिकट दिएको हो र ? सबैले प्रतिगमन भनिरहेको ठाउँमा उहाँहरू लाग्नुभयो, सरकारमा जानुभयो ? यस्तासँग म पछिलागिरहने ?’
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली र मोदीबिच शुक्रवार बैंककमा भेटघाट हुने
-
क्रिकेटमा अनु कडायतको छलाङ : क्यानको प्रशिक्षण क्याम्पमा सामेल
-
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
-
सामाजिक संजालको प्रयोग गरी फिरौती रकम माग गर्ने व्यक्ति पक्राउ
-
बेनीमा चक्रपथ स्तरोन्नति सुरु
-
थाइल्यान्डमा सांस्कृतिक र पर्यटन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर