ठाकुर पक्षको कटाक्ष –साउन १५ गतेसम्म पर्खौँँ, अहिले नै उत्साहित नबनाैँ

जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले अहिले नै कोही उत्साहित हुनुपर्ने अवस्था नरहेको बताएको छ । आज निर्वाचन आयोगमा उपेन्द्र यादव पक्षमा बहुमत देखिए पनि त्यसको अर्थ नहुने ठाकुर पक्षको भनाइ छ ।
ठाकुर पक्षीय नेता जितेन्द्र साेनलले आफूहरूले आयोगको निर्णयअनुसार निर्वाचन आयोगमा हस्ताक्षर सनाखत गराएको तर त्यसमा आफूहरूको विमति रहेकाले सर्वोच्चमा मुद्दा दिएको बताए । सर्वोच्चले आइतबार दुवै पक्षलाई साउन १५ गतेको लागि छलफलमा बोलाएकाले त्यसपछि मात्रै एउटा निष्कर्ष निस्कने उनको भनाइ छ । ‘हामीले आज सनाखत गर्यौँ । भोलि कसको पक्षमा रिजल्ट आउँछ त्यो पछिको कुरा हो’, उनले भने, ‘अहिले पनि सर्वोच्चमा मुद्दा विचाराधीन अवस्थामा छ । त्यसको छलफलबाट के निष्कर्ष निस्कन्छ, त्यही हुने हो अहिले कोही उत्साहित हुन जरुरी छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
-
संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छ : कोइराला
-
विरेन्द्रचोकमा आन्दोलनरत पक्ष र प्रहरीबिच झडप, ५ प्रहरीसहित ७ घाइते
-
१० बजे १० समाचार : माधवलाई झलनाथको ‘काउन्टर’, ग्रे-लिस्टमा परेपछि बहस
-
एकीकृत समाजवादीले बैठकका निर्णय सोमबार सार्वजनिक गर्ने