बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यसरी पोखियो बागमतीमा दूध

सोमबार, ११ साउन २०७८, ११ : ५३
सोमबार, ११ साउन २०७८

हिन्दूवादीहरूले पशुपतिस्थित बागमती नदीमा दूध चढाएका छन् । भारतको उत्तर प्रदेशमा त्यहाँका हिन्दूवादीहरूले नदीमा दूध चढाएको सिको गर्दै नेपालका हिन्दूवादीहरूले पनि पशुपतिमा दूध चढाएका हुन् ।

भारतमा दूध पोखेको दृश्यप्रति पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आलोचना गरेपछि यो विषयले सामाजिक सञ्जालमा चर्चा पाएको छ । मानिसले उपभोग गर्ने दूध यसरी नष्ट गर्न नहुने भन्दै डा. भट्टराईले टिप्पणी गरेपछि हिन्दूवादीहरू आक्रोशित बनेका हुन् ।

​यसैक्रममा नेपालका हिन्दूवादीले डा. भट्टराईको विरोधस्वरुप भारतको सिको गर्दै सोमबार बागमतीमा दूध घोप्ट्याएका हुन् । उनीहरूले बागमती नदीमा ट्यामीबाटै दूध पोखेर भट्टराईप्रति विरोध जनाए । 

तस्बिरमा हेर्नुहोस् :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप