शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाबुरामको ट्वीटप्रति भाजपा नेताको आपत्ति

बुधबार, ०६ साउन २०७८, १५ : ४१
बुधबार, ०६ साउन २०७८

जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको ट्वीटप्रति भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाईवालाले आपत्ति जनाएका छन् । अध्यक्ष भट्टराईले भारतबाट एकजना साथीले पठाएको भन्दै ट्वीट्रमा राखिएको फोटोमा लेखिएको छ, ‘विश्वास खतरनाक कुरा हो, यसले तपाईलाई दुध फ्याल्न लगाउँछ र पिशस पिउन लगाउँछ ।’ भट्टराईको हिन्दुको विश्वास र अनुष्ठानहरुको अपमान गरेको आरोप चौथाईवालाले लगाएका छन् । उनले ट्वीट गरेर भनेका छन्, प्रिय बाबुरामजी यो स्पष्ट छ कि तपाईं र तपाईंको सहपाठीहरुले इदको अवसरमा हिन्दु विश्वास र अनुष्ठानहरुको अपमान गर्नुभएको छ ।’

यसैबीच राप्रपा अध्यक्ष कमल थापाले पनि भट्टराईको आलोचना गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप