युथ फोर्सले माइतीघरमा गरेको फोहोर डा.गोविन्द केसी नेतृत्वको समूहले उठायो (भिडियो)
नेकपा एमाले केपी ओली पक्षधर युथ फोर्सले माइतीघर मण्डलामा गरेको फोहोर डाक्टर गोविन्द केसी नेतृत्वको समूहले उठाएको छ । शनिबार दिउँसो युथ फोर्सले शक्ति प्रदर्शन जुलुसका क्रममा बाटोमा छोडेका पानीका बोतल, परागका खोल, क्याप, झण्डा तथा झण्डामा प्रयोग हुने लट्ठी लगायतका फोहोर सडकबाट उठाएका हुन् ।
थापाथलीमा रहेको कार्की ब्याङ्केटमा एमालेको राष्ट्रिय युवा संघ अन्तर्गतको युथ फोर्सलाई एमालेका महासचिव ईश्वर पोखरेल युथ फोर्सले आइलाग्ने माथि जाइलाग्ने मात्र हैन समाजमा रचनात्मक काम गर्ने बताइरहेका थिए । यस्तै युवा संघको इन्चार्ज समेत रहेका पूर्वमन्त्री महेश बस्नेतले पार्टीका विरुद्ध लाग्नेलाई ठीक पार्ने र युथ फोर्सले सामाजिक काम गर्ने बताइरहेका बेला डाक्टर गोविन्द केसीको समूह भने माइतीघर मण्डलाको सडक सफा गरिरहेको थियो ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चलिरहेको स्वास्थ्यकर्मीको आन्दोलनको समर्थन गर्न माइतीघर मण्डलामा डा.केसीको समूह पुगेका थिए । माइतीघर मण्डलामा पानीको बोतल, पान परागको खोल, फ्रुटी, झण्डा, टोपी लगायतका फोहोर देखेपछि सफाई गरिएको अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए ।
उनले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने उनीहरुको अधिकार भएपनि अरुको अधिकार पनि हनन गर्न नहुने र आफूले फाहोर मैला गरेको छ भने हिँड्ने बेला आफैले सफाई पनि गर्नुपर्ने अधिवक्ता अर्यालले बताए । उनले भने– ‘कसैले यहाँ आएर प्रदर्शन गर्दै फोहोर गरेर आफै सफा गरेर जानुहुँदैन भने हामी सफा गर्न तयार छौँ । तर यसको मूल्य तपाईहरुले चुकाउनुपर्नेछ ।’
फोहोर सफाई गरिरहेका डा.गोविन्द केसीले यदि आफूले विरोध प्रदर्शन गर्दा त्यहाँ फोहोर भएको छ भने आफैले सफा गर्नुपर्छ भन्ने सन्देश दिनका लागि सफाई गरेको बताए । उनले भने–‘सार्वजनिक स्थानमा फोहोर गरेपछि त्यसलाई फोहोर फ्याँक्ने ठाउँमा राख्नुपर्छ । अर्को कुरा राजनीतिक गर्ने देशका चाहे प्रधानमन्त्री हुन्, चाहे मन्त्री हुन्, चाहे सांसदहरु हुन्, उनीहरुले राजनीतिक अपराध गरे भने हामी त्यसको सफा गर्छौँ ।’ उनीहरुले ३ बोरा फोहोर संकलन गर्दै नगरपालिकाको गाडीमा पठाउनका लागि नजिकै रहेको पसललाई जिम्मा लगाएका छन् ।
हेर्नुहोस् भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, ३ जना नेपालीको सनाखत
-
गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन
-
आज तीन वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
सुप्रिम सहकारी ठगी प्रकरण : रविविरुद्ध रुपन्देहीमा आजदेखि थुनछेक बहस
-
लस एन्जलसमा फेरि दन्कियो डढेलो, हजारौँलाई सुरक्षित स्थानमा सारियो
-
राप्रपाको केन्द्रीय समिति बैठक भोलिदेखि, आज कार्यसम्पादन समितिको बैठक बस्दै