चाबहिलको भट्टीमा जाँड खाने बुद्धिजीवीलाई साइबर सेनाले ठीक पार्छौँ : महेश बस्नेत (भिडियो)
नेकपा एमालेका नेता एवं राष्ट्रिय यूवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले बौद्धिक अराजकतावादीहरुलाई ठीक पार्ने चेतावनी दिएका छन् । शनिवार काठमाडौंमा युथ फोर्सको भ्याली कमाण्डको घोषणा तथा सपथ कार्यक्रममा बोल्दै बस्नेतले युथ फोर्स बुद्धिजीवी विरुद्ध बनाइएको संगठन नभएको बताउँदै बुद्धिजीवीलाई सम्मान गर्ने र उनीहरुको ज्ञान, सीप र प्रविधिलाई युवाहरुका लागि प्रयोग गर्ने बताए । तर बुद्धिजीवीको नाममा कसैको कठपुतली बन्नेलाई साइबर सेनाले ठीक पार्ने बताए ।
उनले भने– ‘बुद्धिजीवीको नाममा कुनै पार्टीको, सरकारको कठपुतली बनेर, चाबहिलको भट्टीमा जाँड र रक्सी खाएर हाम्रो पार्टी विरुद्ध षडयन्त्र गरेर हाम्रो सिद्धान्त, हाम्रो नेतृत्व, हाम्रा शुभचिन्तकलाई विष ओकल्ने कोही बौद्धिक अराजकतावादी शक्ति क्रियाशील भयो भने युथ फोर्सले साइबर सेनासँग मिलेर सूचना प्रविधि प्रयोग गरेर बौद्धिक अराजकतावादीलाई ठीक पार्नेछ ।’
उनले युथ फोर्सले बौद्धिक अराजकतावादीहरुलाई भ्रमको खेती गर्न बन्द गराउने चेतावनी समेत दिए । उनले आफ्नो पार्टीको विरुद्धमा लाग्ने कालाकोटधारी, पत्रकार, नागरिक समाजको दिनगन्ती सुरु भएको पनि बताए । उनले आगामी निर्वाचनमा युथ फोर्सले पार्टीका लागि २५ लाख भोट उपलब्ध गराउने दावी समेत गरेका छन् ।
उनले आगामी निर्वाचनमा गठबन्धनबिना चुनाव जितेर सिंहदरबार छिर्न माओवादी केन्द्र अध्यक्ष प्रचण्डलाई चुनौती समेत दिए ।
हेर्नुहोस् भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण