बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस पदाधिकारी बैठक बस्दै

शनिबार, ०९ साउन २०७८, ०८ : ४९
शनिबार, ०९ साउन २०७८

काठमाडौं । नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बस्दै छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा विहान ९ बजेपछि बैठक बस्दै छ ।

पार्टीको १४ औं महाधिवेशन र क्रियाशील सदस्यता विवादका सन्दर्भमा शुक्रबारदेखि काँग्रेस शीर्षस्थ नेताहरु बैठक जारी छ ।

आगामी भदौँ १६ गतेका लागि तय गरिएको महाधिवेशनको कार्यतालिका प्रभावित हुने देखिएपछि त्यसको निकासका लागि नेताहरु छलफलमा छन् । काँग्रेसले वडा तहको अधिवेशन यही १२ साउनबाट सुरु गर्नेगरी कार्यतालिका बनाएको थियो । सो कार्यतालिका प्रभावित हुने निश्चित भइसकेको छ ।

अब काँग्रेसको वडा तहको अधिवेशन साउन अन्तिममा गर्नेगरी सार्ने तयारी गरिएको छ । तर मिति भने तय भइसकेको छैन ।

१६ भदौमा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका परिमार्जन गर्ने वा अधिवेशनको प्रक्रिया छोट्याउने भन्नेमा काँग्रेसमा छलफल चलिरहेको छ । शुक्रबारको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले भदौँ १६ मा कुनै हालतमा महाधिवेशन गर्नेगरी तयारीमा जुट्न निर्देशन दिएका थिए ।

 


 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप