देउवा सरकार अत्तालिएर माओवादी मन्त्रीलाई विना विभागीय बनाए - मन्त्री कोइराला

तनहुँ - नेपाल सरकारका मन्त्री आशा कोइरालाले देउवा सरकार बामगठबन्धन देखि आत्तिएर माओवादीका मन्त्रीहरुलाई विना विभागीय बनाएको आरोप लगाएकी छन् ।
नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँद्धारा आयोजित दोस्रो आदिबासी जनजाति साँस्कृतिक महोत्सवको बुधवार उद्घाट गर्दै मन्त्री कोइरालाले सो कुरा बताएकी हुन् ।
उनले भनिन्:
-बामपन्थी ध्रुवीकरणले देशमा ५ बर्ष स्थायी सरकार चलाउन सक्ने देखेर नै माओवादी केन्द्रका मन्त्रीहरुलाई विना विभागीय मन्त्री बनाइयो ।
-आगमी निर्वाचन सार्ने भित्री षड्यन्त्र भएका कारण माओवादी केन्द्रका मन्त्रीहरु सरकारमै बसेर सहयोग गरिरहेका छौं ।
-देउवा सरकाले साँसद विघटन गर्नु भनेको आफ्नै सरकारलाई अप्ठ्यारोमा पार्नु हो ।
-माओवादी केन्द्रकै समर्थनमा प्रधानमन्त्री बनेका देउवाले आफ्नो नाङ्गो चरित्र देखाए ।
साथै उनले तनहुँ साँस्कृतिक सम्पादाहरुको धनी जिल्ला भएकोले चेपाङ, दरै, बोटे, गुरुङ, मगर, माझी जातिहरुको साँस्कृतिक संग्रहलय निर्माण गरी संरक्षण तथा सम्र्वद्धन गर्नुपर्नेमा जोड दिइन् ।
दमौलीको अनसन चौतारीबाट विभिन्न भेषभुषामा सजिएका आदिवासी जनजाति समुदायको बाजागाजासहितको र्यालीले बजार परिक्रम गरी महोत्सवस्थल पुगेको थियो ।
यो पनि पढ्नुहोस्:
दोस्रो आदिवासी जनजाति साँस्कृतिक महोत्सव दमौलीमा शुरु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्तिदूत प्रेम रावत नेपाल आउँदै
-
संविधान विरोधी गतिविधि स्वीकार्य छैन– गृहमन्त्री
-
विश्व सम्पदा दिवस : व्यास सम्पदा संरक्षणका लागि पदयात्रा
-
पत्रकार हुँ भनेर धम्की दिने एकजना पक्राउ
-
चन्द्रागिरिमा घाँटीमा चोट लागेको अवस्थामा भेटिए पुरुष
-
‘हेल्लो काशीराम’ बारे फुलन्देकी आमा – हास्य र व्यङ्ग्यको अनौठो मिश्रण