दोस्रो आदिवासी जनजाति साँस्कृतिक महोत्सव दमौलीमा शुरु

तनहुँ - तनहुँको व्यास नगरपालिका वडा नं ३ विपी बनवाटिकामा आजदेखि दोस्रो आदिवासी जनजाति साँस्कृतिक महोत्सव हुने भएको छ ।
“अमुल्य भाषा, संस्कृतिको जर्गेना गर्दै पर्यटनको विकास गरौ” भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँको आयोजनामा महोत्सव हुन लागेको हो ।
महोत्सवमा शहिद परिवार, अशक्त, अपाङ्ग, ज्येष्ठ नागरिकलाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले रातोपाटीलाई बताए ।
जिल्लामा उत्पादित कृषिजन्य बस्तुको बजारीकरण, ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलको प्रचार प्रसार गर्नु महोत्सवको मुख्य उद्धेश्य रहेको आयोजकले बताए ।
विभिन्न जातजाति, वर्ग र समुदायको बाजा गाजा सहितको झाँकी, विभिन्न जातजातिको खानाको परिकार, सुलभ दरमा र्याफटिङ, भुकम्प प्रतिरोधी आवास निर्माण, आकर्षक नमुना घरको निर्माण महोत्सवका मुख्य आकर्षण हुन् ।
-महोत्सवको लागि ट्राफिक चोक र अनसन चौतारीमा स्वागतद्धार निर्माण गरिएको छ ।
-दमौली बजार क्षेत्रलाई दुलही झै सिंगारिएको छ ।
-महोत्सवको माहोलले दमौली बजारको सौन्दर्यता बढाइदिएको छ ।
-महोत्सव सफल बनाउन ५ सय जनाको मुलसमारोह समिति र ५९ वटा विभिन्न उपसमिति गठन गरिएको महोत्सव सचिवालय संयोजक बसुन्धरा घर्तीले बताइन् ।
-महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको सहभागिता समेत रहनेछ ।
महोत्सवको लागि रमाइलो मेलाका सामग्रीहरु जडान गर्न र स्टल बनाउने कार्य हिजो (मंगलबार) सम्म पनि जारी थियो ।
आज बिहान पनि केही स्टलको निर्माण कार्य भइरहेको रतोपाटी सम्वाददाताले बताएका छन् । आयोजक समितिले भने महोत्सवको लागि संम्पूर्ण तयारी पुरा भैसकेको बताएको छ ।
महोसवको उद्घाटन विनाविभागीय मन्त्री आशा कोइरालाले गर्ने महोत्सव आयोजक समितिले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटनमा महिला उद्यमशीलताका लागि बजेट व्यवस्था गर्छौं : पर्यटनमन्त्री पाण्डे
-
नेवार समुदायमा समाजवादको भ्रूण छ : अध्यक्ष प्रचण्ड
-
२०८२ साल शब्दहरूमा यात्राको स्पन्दन
-
'गणतन्त्रवादी एक हुनुपर्छ, पूर्वराजाको सम्पत्ति छानबिन गर्नुपर्छ'
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
-
नैनसिंह महरलाई प्रश्न : समयमै नेविसंघको महाधिवेशन किन हुँदैन ?