प्रभुको ‘आईटी आर्मी’ महेशद्वारा बहिस्कार !
एमाले नेता प्रभु साहले ‘आईटी आर्मी’ घोषणा गरेपछि एमालेभित्र हल्लीखल्ली भएको छ । महेश बस्नेतले ‘साइबर सेना’ परिचालन गरेको भनेर आलोचना भइरहेका बेला फेरि पूर्व माओवादी नेता साहले ‘आईटी आर्मी’ घोषणा गरेपछि यसबारे हल्लीखल्ली भएको हो ।
मंगलबार भक्तपुरमा साहले आईटी आर्मी घोषणा गरिरहेका बेला ललितपुरस्थित च्यासलमा एमाले केन्द्रीय कमिटी बैठक बसिरहेको थियो । आईटी आर्मी घोषणा गर्न लागेकोबारे एमाले बैठकमा सहभागी नेताहरुबीच सोधखोज नै भएको थियो ।
कतिपयले साहले घोषणा गरेको ‘आईटी आर्मी’ ले के गर्ने हो ? यसको सङ्गठन कस्तो हुने हो भन्दै चासोपूर्वक सोधखोज गरेको बैठकमा सहभागी एक नेताले बताए ।
त्यसो त माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका साहले आईटी आर्मी घोषणा एमाले नेताहरूलाई जानकारी गराएरै गरेको बुझिएको छ । आईटी आर्मी घोषणा गर्दा पनि उनले एमालेका नेताहरूलाई निम्तो समेत दिएका थिए । तर, साहको निम्तोलाई नेताहरूले महत्त्व दिएको भने देखिएन ।
साहले प्रवक्ता प्रदीप ज्ञवालीदेखि साइबर सेना सञ्चालन गरेका महेश बस्नेत समेतलाई निम्तो दिए पनि कार्यक्रममा कोही सहभागी भएको देखिएन । साहले आईटी आर्मी घोषणा गर्दा पूर्व माओवादी नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट सुमन प्याकुरेल लगायतका नेताहरू भने सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले निर्माण व्यवसायीको समस्या तत्काल समाधान गर्नुपर्छ: सभापति सिंह
-
कमलसिंह ऐरीले लिए आयरल्यान्ड ‘ए’ को चौथो विकेट
-
केही समयपछि कांग्रेस फेरि सरकारमा आउँछ : महामन्त्री थापा
-
लगानी सम्मेलन : प्रदेशका आयोजनाको पनि ‘शो केस’ मा राखिने
-
४९ रनमा आउट भए आयरल्यान्डका ओपनर पिटर मुर, आरिफ शेखले बोल्ड गरे
-
गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री