प्रभुको ‘आईटी आर्मी’ महेशद्वारा बहिस्कार !
एमाले नेता प्रभु साहले ‘आईटी आर्मी’ घोषणा गरेपछि एमालेभित्र हल्लीखल्ली भएको छ । महेश बस्नेतले ‘साइबर सेना’ परिचालन गरेको भनेर आलोचना भइरहेका बेला फेरि पूर्व माओवादी नेता साहले ‘आईटी आर्मी’ घोषणा गरेपछि यसबारे हल्लीखल्ली भएको हो ।
मंगलबार भक्तपुरमा साहले आईटी आर्मी घोषणा गरिरहेका बेला ललितपुरस्थित च्यासलमा एमाले केन्द्रीय कमिटी बैठक बसिरहेको थियो । आईटी आर्मी घोषणा गर्न लागेकोबारे एमाले बैठकमा सहभागी नेताहरुबीच सोधखोज नै भएको थियो ।
कतिपयले साहले घोषणा गरेको ‘आईटी आर्मी’ ले के गर्ने हो ? यसको सङ्गठन कस्तो हुने हो भन्दै चासोपूर्वक सोधखोज गरेको बैठकमा सहभागी एक नेताले बताए ।
त्यसो त माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका साहले आईटी आर्मी घोषणा एमाले नेताहरूलाई जानकारी गराएरै गरेको बुझिएको छ । आईटी आर्मी घोषणा गर्दा पनि उनले एमालेका नेताहरूलाई निम्तो समेत दिएका थिए । तर, साहको निम्तोलाई नेताहरूले महत्त्व दिएको भने देखिएन ।
साहले प्रवक्ता प्रदीप ज्ञवालीदेखि साइबर सेना सञ्चालन गरेका महेश बस्नेत समेतलाई निम्तो दिए पनि कार्यक्रममा कोही सहभागी भएको देखिएन । साहले आईटी आर्मी घोषणा गर्दा पूर्व माओवादी नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट सुमन प्याकुरेल लगायतका नेताहरू भने सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
