उपेन्द्र यादव पक्षको निष्कर्ष : महन्थ ठाकुरले जनतासँग माफी नमागेसम्म एकता असम्भव
जनता समाजवादी पार्टी नेपाल (जसपा)को उपेन्द्र यादव पक्षले महन्थ ठाकुरले जनतामा माफी नमागेसम्म एकता नहुने निष्कर्ष निकालेको छ । यादव पक्षको मंगलबार बसेको संसदीय दलको बैठकले सो निष्कर्ष निकालेको हो ।
ठाकुर पक्षको कार्यकारिणी समितिको बैठकले पार्टीको आधिकारिकताका लागि यादवले निर्वाचन आयोगमा दिएको निवेदन फिर्ता लिए एकताका लागि पहल गर्न सकिने निर्णय गरेको सन्दर्भमा आफूहरुको बैठकले ठाकुरले जनतासँग माफी मागेमात्रै एकता सम्भव हुने निष्कर्ष निकालेको सांसद प्रदीप यादवले जानकारी दिए ।
‘आयोगमा दिएको निवेदन फिर्ता लिन उपेन्द्र यादवलाई प्रस्ताव आएको छ । आजको संसदीय दलमा त्यो विषयमा एजेण्डा नभएपनि समान्य छलफल भएको छ’, यादवले भने, ‘प्रस्ताव ठिक वा बेठीक भन्दा पनि महन्थ ठाकुर पक्षले सार्वजनिक रुपमा जनतासँग माफी नमागेसम्म पुनः एकताका लागि प्रयास गर्नु हुँदैन भनि निष्कर्ष निकालिएको हो ।’
पुस ५ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि जसपा आन्दोलित भएको थियो । जसको चर्को विरोध महन्थ ठाकुर र राजेन्द्र महतोले गरेका थिए । दोस्रो पटक विघटन हुँदा पनि उनीहरुले नै ओलीलाई साथ दिएपछि जसपामा तीव्र अन्तरविरोध हुँदै पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगसम्म विवाद पुगेको हो ।
तर यता जसपा महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्य शरत सिंह भण्डारीले भने एकताका लागि विभिन्न कोणबाट छलफल भएपनि ठोस प्रस्ताव उपेन्द्र यादवलाई नपठाएको बताए । यद्यपी आयोगमा दिएको निवेदन फिर्ता लिए एकताको वातावरण बन्ने उनको धारणा थियो ।
यसैबीच यादव पक्षको संसदीय दलले विधान पारित गरेको छ । सो विधानलाई कार्यकारिणी समितिबाट पारित गरी पुनः संसदीय दलमा ल्याएर दलको नेता चयन गर्ने प्रकृया सुरु गरिने सांसद यादवले बताए ।
यसअघि बहुमत सांसदको हस्ताक्षरबाट ठाकुर पक्षका राजेन्द्र महतो संसदीय दलका नेता चयन भएका थिए । तर प्रकृया मिचेर नेता बनेको भन्दै यादव पक्षले त्यसलाई अस्वीकार गर्दै आइरहेको थियो ।
हाल महतोलाई संसदीय दलको नेता बनाउने सांसदहरु उपेन्द्र यादव पक्षमा गएको कारणले महतो संसदीय दलको नेताबाट स्वतः पदमुक्त भएको उनको दावी छ । हाल जसपा संसदीय दलको नेतामा यादव पक्षको बहुमत देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूरा भयो पुष्पा–२ को सुटिङ, यो दिन आउने भयो हलमा
-
यी पुरुषले किन रचे आफ्नै मृत्युको नाटक ?
-
सिनामंगल घटनामा मृतकका परिवारले भने, ‘क्यानडाबाट नेपाल आउने थाहै थिएन’
-
प्रधानमन्त्रीको चीन भ्रमणअघि बैठक बसेर एजेन्डामा छलफल गर्छौँ : सभापति यादव
-
यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ, तस्बिरमा हेर्नुहोस्
-
लाभांश घोषणापछि कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्यमा सर्किट