जसपा संसदीय दलको विधान पारित, नेता र मन्त्री अर्को बैठकले छान्ने
मङ्गलबार, ०५ साउन २०७८, १५ : ३४
![जसपा संसदीय दलको विधान पारित, नेता र मन्त्री अर्को बैठकले छान्ने](https://rpcdn.ratopati.com/media/albums/jsp_upendra_samuha_4hrmKpywkz.jpg)
जनता समाजवादी पार्टीको संसदीय दलको बैठकले सर्वसम्मतरुपमा संसदीय दलको विधान पारित गरेको छ । संसदीय दलको नेता र सरकारमा पठाउने मन्त्रीहरुको नाम भने अर्को बैठकले टुंगो लगाउने नेताहरुले बताएका छन् ।
सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकमा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र बरिष्ठ नेता अशोक राईसमेत २० सांसदको उपस्थिति थियो ।
प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन् । तीमध्ये बहुमत सांसदहरु उपेन्द्र यादवको पक्षमा छन् ।
यसअघि महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरेको थियो । तर, अहिले महतो अल्पमतमा परिसकेका छन् ।
जनता समाजवादी पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगमा विचाराधीन छ । आयोगले विवाद टुंगो लगाएपछि साउन १० गतेपछि जसपाले सरकारमा सहभागिता जनाउने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजाबाट प्यालेस्टाइनीलाई लखेटेर अधिग्रहण गर्ने ट्रम्पको प्रस्ताव सहयोगी राष्ट्रहरुले गरे रिजेक्ट
-
जब बेलायती राजकुमारले भक्तपुरमा काठमा बुट्टा कुँदे...
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला
-
सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली