शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राज कुन्द्रा : बस कन्डक्टरका छोराको नेपालले फेरिदिएको भाग्य

मङ्गलबार, ०५ साउन २०७८, १५ : २४
मङ्गलबार, ०५ साउन २०७८

मुम्बई प्रहरीले शिल्पा शेट्टीका श्रीमान् तथा कारोबारी राज कुन्द्रालाई पक्राउ गरेको छ । उनलाई पोर्नोग्राफिक फिल्म बनाएको र त्यसलाई कुनै ऐपमार्फत् सार्वजनकि गरेको आरोपमा पक्राउ गरिएको छ ।

मुम्बई प्रहरीका अनुसार क्राइम ब्रान्चमा फेब्रुअरी सन् २०२१ मा एक आरोप दर्ता भएको थियो । यसको अनुसन्धान गर्ने क्रममा सोमबार राज कुन्द्रालाई पक्राउ गरिएको हो । प्रहरीले राज कुन्द्रा यसमा समावेश भएको कुरामा पर्याप्त प्रमाण भएको दाबी गरेको छ । प्रहरीले आफ्नो बयानमा घटनाबारे अहिले पनि अनुसन्धान जारी रहेको बताएको छ ।

हालसम्म राज कुन्द्राको परिवार वा शिल्पा शेट्टीको तर्फबाट कुनै बयान जारी गरिएको छैन । मुम्बई प्रहरीले राज कुन्द्रालाई मंगलबार अदालतमा पेश गर्नेछ ।

यसै वर्ष फेब्रुअरीमा मुम्बई प्रहरीले एक समूह गठन गरेर ग्रीन पार्क बंगलामा छापमा मारेको थियो  । प्रहरीले यो कारवाही त्यहाँ पोर्न फिल्मको सुटिङको सूचना पाएपछि गरेको थियो ।

यतिबेला प्रहरीले पाँचजनालाई पक्राउ गरेको थियो र एक युवतीलाई रिहा पनि गरिएको थियो । पक्राउ परेका पाँच जनामध्ये दुई अभिनेता र दुई युवती समावेश थिए ।

आइपीएल स्पट फिक्सिङमा पनि फसेका थिए कुन्द्राः

सन् २०१२ मा आइपीएल स्पट फिक्सिङको मामिलामा पनि राज कुन्द्रामाथि आरोप लागेको थियो र उनलाई पक्राउ गरिएको थियो ।

राज कुन्द्राको आइपीएल टीम राजस्थान रोयल्समा हिस्सेदारी थियो । स्पट फिक्सिङको मामिलामा प्रहरीले कुन्द्राबाहेक थुप्रै खिलाडीलाई पनि पक्राउ गरिएको थियो ।

सन् २०१५ मा २२ जनवरीमा तत्कालीन बीसीसीआईका अध्यक्ष एन श्रीनिवासनका ज्वाईं तथा चेन्नई सुपर किङ्ग्सका टीम प्रिन्सिपल गुरुनाथ मय्यपन र राजस्थान रोयल्सकमा सहमालिक राज कुन्द्रामाथि सर्वोच्च अदालतमा स्पट फिक्सिङ र खेलसँग सम्बन्धित जानकारी दिएको आरोप सिद्ध भयो ।

मुद्गल कमेटीको रिपोर्टपछि सर्वोच्च अदालतको प्यानलले महत्वपूर्ण निर्णय सुनाउँदै चेन्नई सुपरकिङ्ग्स र राजस्थान रोयल्समाथि दुई वर्षको प्रतिबन्धको सिफारिश गरेको थियो । यस्तै मयप्पन र राज कुन्द्रामा आजीवन प्रतिबन्ध लगाएको थियो ।

पस्मिना सल र हिराको व्यापारः

राज कुन्द्राका पिता बालकृष्ण बेलायतका एक साधारण बस कन्डक्टरको काम गर्दथे । राज सन् १९९४ मा नेपाल आए र यहाँको पस्मिना सलले उनको भाग्य फेरिदियो ।

जब उनी नेपालबाट बेलायत फर्किए तब उनले आफूसँग कन्टेनर भरी पस्मिना सल पनि लिएर गए । उनले ती सल बेलायतका विभिन्न फेसन हाउसमा सप्लाई गरे । पहिलो वर्षमा नै उनले करिब दुई करोड पाउन्डको फाइदा कमाए ।

 


अब राजसँग अन्य व्यापारमा हात हाल्नका लागि पर्याप्त पैसा थियो । तर राज सल निर्यात गर्नेमा मात्रै सिमित भएनन् ।

उनले हिराको व्यापारमा हात हाले र सफल रहे । रुस, युक्रेन र संयुक्त अरब इमिरेट्सजस्ता देशमा व्यापारिक सम्भावना हेर्दै राजले उत्खनन, रियल स्टेट र अक्षय ऊर्जाको क्षेत्रमा पनि कदम राखे ।

एक साधारण व्यक्तिबाट धनाढ्यसम्मको यात्रा राज कुन्द्राका लागि सहज रहेन । उदाहरणका लागि कलेजको पढाई पूरा गर्न सकेनन् र डेढ लाख भारुको पुँजीले आफ्नो व्यापार सुरु गरे ।

शिल्पा शेट्टीसँग विवाहः

सन् २००४ मा ‘सक्सेज’ पत्रिकाले उनलाई बेलायतको सबैभन्दा धनाढ्य एशियाली मूलका व्यक्तिको सूचीमा १९८ औं स्थानमा राखेको थियो । २९ वर्षका राज त्यतिबेला यो सूचीमा समावेश हुने सबैभन्दा युवा व्यक्ति थिए ।

यसको तीन वर्षपछि सन् २००७ मा उनी आफ्नी जेठी श्रीमतीसँग अलग्गिएका थिए । त्यसपछि उनको भेटघाट शिल्पा शेट्टीसँग भयो जो त्यतिबेला बिग ब्रदर टिभी शोमा भाग लिनका लागि लण्डन पुगेकी थिइन् । उनीहरु क्रमशः नजिकिँदै गए ।

शिल्पा र कुन्द्राले सन् २००९ नोभेमबरमा भारतमा विवाह गरे र त्यसै वर्ष राज कुन्द्राले आइपीएल टीम राजस्थान रोयल्समा ११.७ प्रतिशतको सेयर खरिद गरे ।

राज हाल दुई सन्तानका पिता हुन् र शिल्पा शेट्टी फाउन्डेशनको नामबाट एउटा च्यारिटेबल संस्था पनि चलाउँछन् ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप