शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कुनै बेला नेपालको पस्मिना सल बेच्थे शिल्पा शेट्टीका श्रीमान्, त्यसपछि हिराको व्यापार गरेर फेरियो भाग्य

आइतबार, ०२ फागुन २०७७, ११ : ४३
आइतबार, ०२ फागुन २०७७

शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रा आजकाल निकै चर्चामा छन् । सागरिका शोना सुमन नामकी मोडलले राजमाथि पोर्न फिल्म र्याकेटमा समावेश गराएको आरोप लगाएकी छिन् । सागरिकाले दाबी गरेअनुसार लकडाउनका बेला राज कुन्द्राको कम्पनीको तर्फबाट उनलाई एउटा वेब सिरिज अफर गरिएको थियो र यसको नाममा उनीसँग नग्न अडिसन मागेका थिए ।

राज कुन्द्रा विवादमा घेरिएको यो पहिलो घटना होइन । यसअघि उनी आइपीएल सट्टेबाजीमा दोषी पाइएका थिए । राजस्थान रोयल्सका सहमालिक राज कुन्द्राले केही वर्षअघि उनले आइपीएल खेलका बेला सट्टेबाजी गरेको स्विकारेका थिए ।

राजको व्यापारको दुनियाँमा ठूलो नाम छ । यद्यपि, भारतमा मानिसहरुले उनलाई व्यापारीभन्दा बढी नायिका शिल्पा शेट्टीका श्रीमानको रुपमा चिन्दछन् ।

राज कुन्द्रा आफैंले एक वर्ष अघि एक अन्तरवार्तामा भनेका थिए, ‘आज म जस्तो आरामको जीवन बाँचिरहेको छु, बाल्यकालमा मेरो जीवन योभन्दा ठिक विपरित थियो । आज मसँग एकसे एक विलासी कारका लाइन छन्, जुन पहिला कुनै सपनाजस्तै थियो ।’

१८ वर्षको उमेरमा सुरु गरे व्यापारः

मध्यम वर्गीय परिवारमा जन्मिएका राजलाई उनका आमाबुवाले निकै दुःख गरी पाले । उनले बाल्यकालदेखि नै पैसाको महत्व बुझे । जब उनी १८ वर्षका थिए तब उनका पिताले भने, ‘कि त हाम्रो रेष्टुरेन्ट चलाउ कि आफ्नै काम सुरु गर्नुहोस् ।’ राजले यसलाई गम्भीरतावपूर्वक लिँदै आफ्नो यात्रा सुरु गरे ।

सल बेचेर सुरु गरे व्यापारः

खल्तीमा केही पैसा लिएर सबैभन्दा पहिले उनी दुबई गए । हिरा व्यवसायीलाई भेटे तर कुरा बन्न सकेन । त्यसपछि उनी नेपाल आए । केही पस्मिना सल खरिद गरे र बेलायतका केही ब्रान्डेड स्टोरमार्फत् बेच्न सुरु गरे । जति छिटो यो व्यापार बढ्यो, त्यति नै छिटो यसमा प्रतिस्पर्धा पनि बढ्यो । त्यसपछि हिराको कारोबार गर्न राज पुनः दुबई गए ।

त्यतिबेलासम्म उनले कहिले पनि पछाडि फर्केर हेरेनन् र आज पनि उनी भिन्न भिन्न क्षेत्रका करिब १० कम्पनीका कि त मालिक हुन् कि लगानी छ । राज कुन्द्रालाई सन् २००४ मा एक बेलायती पत्रिकाले सबैभन्दा धनाढ्य एशियाली बेलायतीको सूचीमा १९८ औं स्थान दिएको छ । हालै राजले मुम्बईमा सन् २०२० मा एउटा रेष्टुरेन्ट पनि खोलेका छन् । यसअघि उनको अर्को एउटा रेष्टुरेन्ट छ जुन मुम्बईमा निकै चर्चित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप