शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय

राज कुन्द्रा आज अदालतमा पेश हुने, पोर्न फिल्म बनाएको आरोपमा मध्यरातमा गरिएको थियो पक्राउ

मङ्गलबार, ०५ साउन २०७८, १२ : ०१
मङ्गलबार, ०५ साउन २०७८

बलिउड नायिका शिल्पा शेट्टीका श्रीमान् तथा चर्चित व्यापारी राज कुन्द्रालाई मुम्बईको क्राइम ब्रान्चले सोमबार अबेर राती पक्राउ गरेको छ । कुन्द्रामाथि अश्लील फिल्म बनाएको र केही एप्समा प्रकाशन गरेको आरोप छ । स्रोतका अनुसार यो मामिलामा राज कुन्द्रालाई आज (मंगलबार) बिहान ११ बजे प्रहरीले अदालतमा पेश गर्नेछ । यसअघि कुन्द्रालाई बिहान सवा चारमा जेजे अस्पतालबाट मुम्बई कमिश्नर प्रहरीको अफिस पुर्याइएको थियो । उनलाई बिहान ४ बजे अपराध शाखाले मुम्बईको जेजे अस्पतालमा मेडिकल परीक्षणका लागि लगिएको थियो ।

यो मामिलामा कुन्द्रासमेत ११ जना पक्राउ:

मुम्बई पुलिस कमिश्नर हेमन्त नागराले राज कुन्द्रा यो मामिलामा मुख्य आरोपी भएको र आफूहरुसँग उनीविरुद्ध पक्का प्रमाण भएको र उनलाई पक्राउ गरेर सोधपुछ गरिँदैछ ।

यसअघि राज कुन्द्रालाई अपराध शाखाले सोधपुछका लागि बोलाएको थियो । क्राइम ब्रान्चको प्रोपर्टी सेलले उनीसँग सोधपुछ गरिरहेको छ । यद्यपि, गिरफ्तारीपछि प्रहरीले यसमा पोर्न जोडिएको खुलासा गरे । यो मामिलामा अब कुन्द्रासमेत ११ जना पक्राउ परिसकेका छन् । त्यसपछि सोमबार राती करिब ११ बजे २ घण्टाको सोधपुछ पछि राज कुन्द्रालाई अपराध शाखाका अधिकारीले पक्राउ गरेका हुन् ।

 


कुन्द्राले आफ्नो पोर्न कम्पनीमा १० करोड भारु लगानी गरेः

मुम्बई अपराश शाखाका अनुसार राजविरुद्ध यसै वर्ष फेब्रुअरीमा मुद्दा दर्ता गरिएको थियो । राज कुन्द्राले पोर्न फिल्म इन्डष्ट्रिमा ८ देखि १० करोड भारु लगानी गरेका थिए । राज कुन्द्रा र उनको बेलायतमा बसिरहेका भाइले त्यहाँ केनरिन नामको एक कम्पनी बनाए । फिल्मको भिडियो भारतमा शुट गरिएको थियो र वी ट्रान्सफर (यो एक फाइल ट्रान्सफर सर्भिस हो) मार्फत् केनरिनलाई पठाइएको हो । यो कम्पनी राज कुन्द्राले नै बनाए र विदेशमा रजिस्ट्रेशन गराए ताकि भारतको साइबर लबाट बच्न सकियोस् ।

यसरी भयो पर्दाफासः

मुम्बई प्रहरीले फेब्रुअरीमा नायिका गहना विशिष्ठसहित ६ जनालाई पक्राउ गरेका थिए । पछि तीन थप मानिसहरुको गिरफ्तारी भएको थियो । त्यसपछि यसका लागि दुईवटा एफआइआर दर्ता गरियो । नायिकालाई अश्लील फिल्मका लागि नग्न दृश्य सुट गराउनका लागि बाध्य पारेको आरोपमा प्रहरीले यो कारवाही  गरेको बताइन्छ ।

पछि, सुट गरिएका फिल्मलाई पेड मोबाइल एप्लिकेशनमा रिलिज गरिएको कुरा सार्वजनिक भएको थियो । त्यसपछि प्रहरीले यो घटनासँग जोडिएका अर्का एक व्यक्ति उमेश कामतलाई पक्राउ गरेको थियो । कामतको गिरफ्तारीपछि प्रहरीले यसबारे धेरै कुरा थाहा पायो र पोर्न फिल्मको यो र्‍याकेटमा राज कुन्द्राको संलग्नताबारे पर्दाफास भयो ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप