को हुन् ‘अश्लिल फिल्म’ निर्माण गरेको अभियोगमा पक्राउ परेका शिल्पाका पति राज ?
बलिउड उद्योगमा पुनः हलचल आएको छ । चर्चित व्यवसायी तथा बलिउडकी सुन्दरी शिल्पा शेट्टीका पति राज कुन्द्रालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । उनी अश्लिल चलचित्र निर्माण गरेको अभियोगमा पक्राउ परेका छन् ।
अश्लिल चलचित्र निर्माणमा मुख्य आरोपीका रुपमा उनीमाथि मंगलबार मुद्दा दर्ता गरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्रहरीले राज कुन्द्राविरुद्ध प्रशस्त प्रमाण भएको प्रहरीले उल्लेख गरेको छ ।
राज कुन्द्राको जन्म सन् १९७५ को सेप्टेम्बर ९ तारिखमा मुम्बईमा भएको थियो । उनी पेशाले व्यवसायी हुन् । उनका पिता पञ्जाबी हुन् । उनका पिता लण्डनमा बस कन्डक्टर थिए । त्यसपछि उनले व्यवसाय सुरु गरेका थिए । तर, राजका पिता अत्यधिक धनि भने थिएनन् । राजकी आमा पसलमा सहयोगीको रुपमा काम गर्थिन् ।
राज कुन्द्राको सन् २००३ मा कविता कुन्द्रासँग विवाह भएको थियो । तर, उनीहरुको विवाह लामो समय टिकेन र सन् २००६ मा सम्बन्धविच्छेद भयो । त्यसपछि राजले बलिउड अभिनेत्री शिल्पासँग सन् २००९ मा विवाह गरे ।
राज र कविताको सम्बन्ध टुट्नुमा शिल्पा कारण भएको भन्दै निकै चर्चा चलेको थियो तर राजले यस विषयमा जवाफ समेत दिएका थिए । उनकी पहिलो पत्नी कविताको अरु कसैसँग सम्बन्ध भएका कारण उनीहरुको सम्बन्धविच्छेद भएको राजले स्पष्टिकरण दिएका थिए ।
राज कुन्द्रा सामाजिक सञ्जालमा निकै छाउँछन् । उनी रमाइला भिडियोहरु सामाजिक सञ्जालमा सेयर गर्ने गर्छन् ।
राजले १८ वर्षको उमेरमा नै निकै चुनौतीहरुको सामना गरेको बताउँछन् । उनले अरबौंको मालिक हुनुभन्दा अगाडि उनले धेरै संघर्ष गरेको खुलाएका थिए । उनले त्यसै समय नयाँ व्यवसाय सुरु गरेको समेत बताएका थिए ।
राज कुन्द्राको विश्वभर १० भन्दा बढी ठूला कम्पनीहरु रहेका छन् । राजले दुबईमा हिराको व्यापार गरेर नयाँ व्यवसाय सुरु गरेका थिए । उनी नेपालबाट पस्मिनाको सल किनेर बेलायतमा लगेर बेच्ने गर्थे । उनले व्यापारमा नाफा हुँदै गएपछि महंगो कार किनेको र वियान इन्डस्ट्रीज लिमिटेडको मालिक समेत बन्न सफल भएको बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी एकता हुँदैन, अपहरित लोकतन्त्र फर्काउन संयुक्त सङ्घर्ष जरुरी : केपी ओली
-
१५ वर्ष कैद सजायका फरार कैदी कपिलवस्तुबाट पक्राउ
-
हलिउड निर्देशक कार्ल एरिकलाई साढे दुई वर्षकाे जेल सजाय
-
बोलेकै आधारमा सुकुमबासीलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान
-
मन्त्री रावल र मधेसका मुख्यमन्त्री यादवबिच भेटवार्ता
-
‘गोल मेसिन’ हालान्डलाई आइभोरी कोस्टले रोक्न सक्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण