काँग्रेस संसदीय दलको बैठक : विश्वासको मत दिने सबैलाई धन्यवाद दिने निर्णय
आइतबार, ०३ साउन २०७८, १५ : ३७

संघीय संसद नयाँ बानेश्वरमा बसेको नेपाली काँग्रेसको संसदीय दलको बैठक सकिएको छ । बैठकले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।
बैठकले विश्वासको मत दिने नेकपा माओवादी केन्द्र, नेकपा एमालेका सांसदहरू, जनता समाजवादी पार्टी (उपेन्द्र यादव) पक्ष, राष्ट्रिय जनमोर्चाका सांसदहरुलाई धन्यवाद दिने पनि निर्णय गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसद्मा विश्वासको मत लिँदैछन् । काँग्रेस सचेतक पुष्पा भुसालले आजको बैठकमा पार्टीका सबै सांसदहरुलाई अनिवार्य उपस्थित निर्देशन पनि दिएको जानकारी दिइन् ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ स्थानमा राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूची)
-
शिक्षक नेताहरूलाई वार्तामा जाँदा आफ्नै आन्दोलनरत शिक्षकहरूबाट डर !
-
एलओडी बन्यो विश्वकै ४४ औँ उत्कृष्ट क्लब
-
बार निर्वाचन : मिश्र २ हजार ४३१ मतान्तरले विजयी
-
बक्स अफिसमा विदेशी फिल्म : कुनैको १५ वटा टिकट बिक्री, कुनैको ८ लाख !
-
सडकका तीनवटै लेन कब्जा गर्न खोजेपछि शिक्षक र प्रहरीबिच विवाद