आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

देउवालाई विश्वासको मत दिने माओवादी संसदीय दलको निर्णय

आइतबार, ०३ साउन २०७८, १३ : १९
आइतबार, ०३ साउन २०७८

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई एकमतले विश्वासको मत दिने निर्णय गरेको छ ।  सिंहदरबारमा बसेको सो पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले लिन लागेको विश्वासको मतका बारेमा छलफलमा देउवालाई विश्वासको मत दिने निर्णय गरेको माओवादी केन्द्रका सांसद रामेश्वर राय यादवले जानकारी दिए । ‘बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई एकमतले विश्वासको मत दिने निर्णय गरेको छ’, यादवको भनाइ छ ।

बैठकमा माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा ब्रिफिङ गरेका थिए ।

गत असार २९ गतेबाट प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका काँग्रेस सभापति शेरबहादुर देउवाले आज आइतबार बस्ने दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको छ । फागुन २८ को सर्वोच्च अदालतको फैसलापछि संसद्को पहिलो बैठक आइतबार ४ बजे बस्दैछ । पहिलो बैठक बसेर स्थगित भएको केहीबेरमा अर्को बैठक बस्नेछ । सोही बैठकमा विश्वासको मतका लागि मतदान हुनेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप