आयोगमा जसपाको आधिकारिकतासम्बन्धी विवादमा बहस जारी
आइतबार, ०३ साउन २०७८, १३ : २९

जनता समाजवादी पार्टी नेपालको आधिकारिकता सम्बन्धी विवादको बारे निर्वाचन आयोगमा बहस चलिरहेको छ । आयोगले गठन गरेको इजलासमा दुवै तर्फबाट बहस चलिरहेको जसपाका कार्यकारिणी सदस्य केशव झाले बताए । बिहान ११ बजेदेखि नै बहस चलिरहेको छ । दुवैतर्फका अधिवक्ताले आ–आफ्नो तर्फबाट धारणा राख्ने क्रम जारी छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीको आधिकारिकताका लागि दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । सो निवेदन दिएपछि आयोगले सहमतिका लागि दुवै पक्षलाई बोलाएको थियो । दुवै पक्षले पार्टी अलग गर्ने भनि पत्रमा हस्ताक्षर गरेपछि आयोगले पार्टीको आधिकारिकतासम्बन्धी विवाद समाधानका लाग इजलास गठन गरी बहस सुरु गरेको छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म
-
युट्युबर गंगा लामा पक्राउ
-
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनबाट सात विधेयक पारित
-
लखनउद्वारा जितका लागि १ सय ७२ रनको लक्ष्य प्रस्तुत