निर्वाचन आयोगमा जसपाको बहस : वकिलको बहिस्कार
जनता समाजवादी पार्टी (जसपा) को विवादबारे आज (आइतबार) देखि निर्वाचन आयोगले सुनुवाइ गर्दैछ । तर, अध्यादेशमार्फत नियुक्त भएका आयुक्तहरुले गर्ने सुनुवाइ केही कानून व्यवसायीले बहिस्कार गर्ने भएका छन् ।
जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच आधिकारिकतासम्बन्धी विवाद चलिरहेको छ । दुबै पक्षले पार्टी एकता सम्भव नभएको भन्दै अलग हुने सहमति गरेपछि आयोगले पदाधिकारीहरु सम्मिलित इजलास गठन गरेर आजदेखि सुनुवाइ गर्न लागेको हो ।

सुनुवाइका क्रममा ठाकुर र यादव दुबै पक्षका वकिलहरूले अदालतमा जस्तै निर्वाचन आयोगमा उपस्थित भएर बहस गर्नुपर्ने छ । तर, केही वकिलहरूले आयोगमा अध्यादेशबाट नियुक्त भएका पदाधिकारीले गर्ने सुनुवाइ बहिस्कार गर्ने निर्णय गरेका छन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादव, बरिष्ठ नेता अशोक राई र नेता राजेन्द्र श्रेष्ठले शुक्रबार नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा केही कानूनविद्हरुले यसबारे छलफल गरेका थिए । जसपा नेताहरुले आफ्नो पक्षमा आयोगमा बहस गरिदिन ती कानून व्यवसायीसँग आग्रह गरेका थिए ।
तर, एभरेष्ट होटलको छलफलमा सहभागी कानून व्यवसायीहरुले संसद र संविधानले नचिनेका निर्वाचन आयुक्तहरुले गर्ने सुनुवाइमा बहस नगर्ने जानकारी दिएको जसपाका एक नेताले रातोपाटीलाई बताए ।

‘त्यहाँ संविधानले र संसदले नचिनेका केही आयुक्तहरु भएकाले हामी बहस गर्न नजाने भयौं । संसदीय सुनुवाइ बिनाका शाही आयोगका जस्तै भए’ वकिलको भनाइ उधृत गर्दै जसपाका एक नेताले भने, ‘शाही आयोगका सदस्यहरुलाई पनि हामीले संविधानले नचिनेको भनेर बहिस्कार गरेका थियौं । निर्वाचन आयोगका केही पदाधिकारीलाई पनि संविधानले चिन्दैन ।’
निर्वाचन आयोगका पदाधिकारीहरु मध्ये रामप्रसाद भण्डारी, जानकी देवी तुलाधर र सगुन शमशेर जबरा ओली सरकारका पालामा संसदीय सुनुवाइबिनै अध्यादेशका आधारमा नियुक्त भएका हुन् । उनीहरुको नियुक्तिको विषयलाई लिएर सर्वोच्च अदालतमा परेको रिट अहिलेसम्म विचाराधीन छ ।
शुक्रबार अपरान्ह ४ बजेदेखि ६ बजेसम्म एभरेष्ट होटलमा भएको छलफलमा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका साथै भीमार्जुन आचार्य, चन्द्रकान्त ज्ञवाली, टीकाराम भट्टराईलगायतको उपस्थिति थियो । बरिष्ठ अधिवक्ता शम्भु थापा छलफलमा सहभागी नभए पनि उनले पनि निर्वाचन आयोगमा बहस गर्न नजाने बताएको जसपा स्रोतले जानकारी दियो ।
आफूहरु बहसमा सहभागी नहुने बताएका कानूनविद्हरुले उपेन्द्र यादवको पक्षमा केन्द्रीय समिति र संसदीय दल दुवैतिर बहुमत देखिएकाले आधिकारिकता पाउने ठोकुवा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण