संसद्बाट बजेट फेल हुने भएपछि मध्यरातमा लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य

लुम्बिनी प्रदेशसभाको अधिवेशन गत रातिबाट अन्त्य भएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत बजेट फेल हुने भएपछि मध्यराति अधिवेशन अन्त्य गरिएको हो । बजेटका सम्बन्धमा सबै प्रक्रिया पुरा गरेर मतदान प्रक्रियामा जाने बेलामा हिजो बिहीबार बहिस्कार गर्दै प्रदेशसभाबाट बाहिरिएका मुख्य मन्त्री शङ्कर पोखरेलले मध्यरातमा प्रदेश प्रमुख मार्फत प्रदेशसभाको आठौँ अधिवेशनको अन्त्य गराएका छन् ।
हिजो मुख्यमन्त्रीको जवाफी भाषण सकिए लगत्तै प्रदेशसभामा सत्तापक्ष एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले सभामुखमार्फत् थप छलफलका लागि समय माग गरेका थिए । सभामुख पूर्णबहादुर घर्तीले छलफल गर्न विपक्षी सांसदहरूसँग राय माग्दै गर्दा मुख्यमन्त्री पोखरेल सभा हलबाट बाहिरिएका थिए । सोही आधारमा सत्तापक्षको सदन बहिस्कार पछि शुक्रबार आज दिउँसो १ बजे सम्मका लागि सभामुखले बैठक स्थगित गरेको थिए । तर मुख्यमन्त्री पोखरेलले मध्यरात सभाको अधिवेशन नै अन्त्य गरिदिएका छन् ।
मध्यरातमा सरकारको सिफारिसमा प्रदेश प्रमुखको कार्यालयले अधिवेशन अन्त्य भएको सूचना सार्वजनिक गरेको छ । असार ३१ को मन्त्रिपरिषद्को बैठकको निर्णय बमोजिम मुख्यमन्त्री शङ्कर पोखरेलबाट अनुरोध भएपछि अनुसार चालु आठौँ अधिवेशनको अन्त्य गरिएको प्रदेश प्रमुख कार्यालयबाट प्रकाशित विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा कार्यालयका प्रवक्ता चिरञ्चिवी पौड्यलले हस्ताक्षर गरेका छन् भने पत्र सङ्ख्या र चलानी नम्बर उल्लेख छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म
-
म्याग्दी पूर्ण खोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा
-
इजरायली आक्रमणमा गाजामा १३ जनाको मृत्यु, अधिकांश महिला र बालबालिका
-
१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण
-
सगरमाथालाई नजिकैबाट नियाल्न गौरीटाप