लुम्बिनी प्रदेश : अल्पमतमा पर्ने भएपछि मतदानको बेला सत्तापक्षद्वारा सदन बहिस्कार
बुटवल । सत्ता पक्षले नै बहिष्कार गरेपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभामा सरकारबाट प्रस्तुत बजेटका सम्बन्धमा छलफल सकिएर मुख्यमन्त्री शंकर पोखरेलले छलफलमा उठेका प्रश्नको जवाफसमेत दिइसकेपछि सत्तारुढ दल एमालेका सांसदहरुले बैठक बहिष्कार गरेका हुन् ।
बजेटलाई प्रदेशसभामा निर्णयार्थ पेस गर्ने बेलामा सत्तापक्षका सांसदले बैठक बहिस्कार गरेपछि सभामुखले शुक्रबार दिउँसो १ बजे सम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।
बजेट पारित नहुने सम्भावना देखेपछि सत्तापक्षले प्रदेशसभा बैठक नै बहिस्कार गरेको अनुमान गरिएको छ । लुम्बिनी प्रदेशसभामा हाल सत्ता पक्ष र विपक्षमा बराबर सांसद छन् । सहमतिका लागि सभामुख पूर्ण घर्तीले आधा घण्टाका लागि बैठक स्थगित गरे पनि एमालेका सांसदहरु सहभागी हुने अवस्था नदेखिएपछि दोस्रो बैठक नै नबसी शुक्रबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले सूचना टाँसेर बैठक स्थगित भएको जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण