बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

७६ (५) अनुसार नै देउवाले लिए प्रधानमन्त्रीको शपथ

मङ्गलबार, २९ असार २०७८, २० : ४०
मङ्गलबार, २९ असार २०७८

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई शीलतनिवासमा सपथ खुवाएकी हुन् । यसअघि, देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्दै राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा उल्लेख नभएपछि देउवाले त्यसमा आपत्ति जनाएका थिए । पत्रको भाषाबारे विवाद भएपछि शपथग्रहण कार्यक्रम दुई घण्टा धकेलिएको थियो ।

​नवनियुक्त प्रधानमन्त्री देउवालाई संविधानको धारा ७६ (५) अनुसार शपथ खुवाउने सहमति पछि देउवाले शपथ लिएका हुन् । शपथ ग्रहण सुमारोहमा ‘सम्माननीय राष्ट्रपति वद्यादेवी भण्डारीले सर्वोच्च अदालत संवैधानिक इजलासको मिति २०७८ असार २८ गतेको फैसला बमोजिम साथै नेपालको संविधानको धारा ७६(५) अनुसार नेपाली काँग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा आज मिति २०७८ असार २९ गते नियुक्त गर्नु भएको छ,’ भन्ने भाषा प्रयोग गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप