संविधानै उल्लेख नगरी देउवालाई प्रधानमन्त्रीमा नियुक्ति, कानूनविद भन्छन्– शपथ नलिनोस्
राष्ट्रपति कार्यालयले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा नै उल्लेख नगरेको भन्दै कानुनविद्हरुले आपत्ति जनाएका छन् ।
मंगलबार अपराह्न राष्ट्रपति कार्यालयले देउवालाई ‘सर्वोच्च अदालतको फैसलाअनुसार प्रधानमन्त्रीमा नियुक्त गरिएको’ विज्ञप्ति जारी गरेको छ ।
शेरबहादुर देउवाले यसअघि राष्ट्रपति कार्यालयमा संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्तिका लागि निवेदन दिएकाले सोही धारा अनुसार राष्ट्रपतिबाट नियुक्त हुनुपर्ने अधिवक्ता टीकाराम भट्टराईले रातोपाटीलाई बताए ।
रातोपाटीसँग कुरा गर्दै उनले राष्ट्रपति कार्यालयले संविधानको धारा उल्लेख नगरी प्रधानमन्त्री नियुक्त गर्न नहुने बताए । उनले संविधानको धारा उल्लेख नगरी गरिएको नियुक्तिमा शपथ नलिन देउवालाई सुझावसमेत दिए ।
यस्तै वरिष्ठ अधिवक्ता हरिहर दाहालले राष्ट्रपति कार्यालयले संविधानको धारा उल्लेख नगरी देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेर पछि खेल्ने ठाउँ राखेको हुन सक्ने बताए ।
दाहालले रातोपाटीसँग भने, ‘यो केपी ओली र राष्ट्रपति बिद्या भण्डारीको कटपपूर्ण क्रियाकलापको निरन्तरता हो । आजै ओलीको कपटपूर्ण भाषण आउनु र राष्ट्रपति कार्यालयबाट त्यस्तो विज्ञप्ति आउनु अर्थपूर्ण छ । त्यो नियुक्ति नसच्याइकन देउवाजीले शपथ ग्रहण नगर्दा उपयुक्त हुन्छ ।’
सर्वोच्च अदालतले आफ्नो आदेशमा संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएकाले परमादेशका आधारमा नभई धारा ७६(५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गरिनुपर्ने दाहालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहानै कालो कफी पिउनु कति सुरक्षित ?
-
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति
-
रास्वपा सङ्खुवासभाको सभापतिमा श्रेष्ठ चयन
-
इरान युद्धले तेल बजारमा 'ओपेक प्लस'को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी
-
सचिवको एसएमएसमाथि प्रधानमन्त्रीको 'मजाक'लाई मन्त्री र सांसदको साथ
-
रास्वपा केन्द्रीय कार्यालयमा प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण