सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

प्रधान न्यायाधीशसँग चार न्यायाधीश छलफलमा

सोमबार, २८ असार २०७८, १३ : ०६
सोमबार, २८ असार २०७८

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको फैसला गर्नुअघि प्रधान न्यायाधीशसँग चार जना न्यायाधीश छलफलमा जुटेका छन् । संवैधानिक इजलासमा रहेका न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्द मोहन भट्टराई प्रधान न्यायाधीशको चेम्बरमा छलफल गरिरहेका छन् ।

छलफलपछि संवैधानिक इजलास बस्ने बताइएको छ । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । छलफलपछि सोमबार फैसला आउने अपेक्षा गरिएको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप