फैसलाको प्रतीक्षा : सर्वोच्च परिसरमा व्यापक सुरक्षाकर्मी परिचालन (फोटोफिचर)

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनको आज फैसला सुनाउने तयारी भएको छ ।
७ जेठमा राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न गएका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैको दाबी खारेज गरेकी थिइन् भने सोही सो रात प्रधानमन्त्रीको सिफारिशमा दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपनि विवाद सर्वोच्चमा पुगेको थियो ।
विपक्षी गठबन्धनका नेता शेर बहादुर देउवासहित १ सय ४६ जना सांसदले संसद पुनः स्थापना गरेर शेर बहादुर देउवालाई प्रधानमन्त्री घोषण गर्न गर्दै रिट निवेदन दर्ता भएकोमा संवैधानिक इजलासमा लामो बहसपछि आज फैसला सुनाउने तयारी भएको हो ।
मुद्दा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईले मुद्धाको सुनुवाई भएको हो ।
फैसला सुनाउने तयारी हुँदै गर्दा अदालतले के फैसला गर्ला भन्ने चौतर्फी चासो छ । यसैबीच सर्वोच्च परिसरमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ। बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सर्वोच्च आसपासका क्षेत्रमा परिचालन गरिएको छ ।
हेरौँ तस्बिरहरुः