शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले कार्यदल : माधव नेपाल पक्षका नेता भन्छन्– हाम्रा ६ बुँदे शर्त पुरा भए

आइतबार, २७ असार २०७८, २२ : २२
आइतबार, २७ असार २०७८

एमाले कार्यदलको बैठकमा माधव नेपाल समूहको ६ बुँदे शर्त पुरा भएको नेताहरुले बताएका छन् । बैठक पछि एक नेताले आफूहरुले राखेको ६ बुँदे शर्त पुरा भएको रातोपाटीलाई बताए । 

माधव पक्षले जेठ २ मा फर्किनुपर्ने, पावर सेयरिङ हुनुपर्ने लगायतका मागहरु राख्दै आएका थिए ।

सहमतिको जुटाउन सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एमाले कार्यदलको बैठक १३ घण्टा चलेको थियो । सो बैठकले सहमति जुटाएको नेताहरुको भनाइ छ । 

नेताहरुले सहमतिको बुँदाबारे भने बाहिर ल्याइसकेका छैनन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप