सिंहदरबारमा माधव नेपाललाई बाइपास गरेर सहमति गर्ने प्रयास
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको कार्यदलको बैठकले तयार पारेको मस्यौदामा एमाले वरिष्ठ नेता माधव नेपालले असहमति जनाएपछि उनलाई नै बाइपास गरेर सहमति गर्ने प्रयासमा कार्यदल लागेको छ।
उच्च स्रोतका अनुसार आइतबार बिहान माधव नेपाललाई सहमतिमा ल्याउने प्रयासस्वरुप नेपाल पक्षीय नेताहरु सहमतिको मस्यौदासहित उनको निवास कोटेश्वर पुगेका थिए । तर नेपालले सहमतिको मस्यौदामा अदालतलाई प्रभावित पार्ने खालको शब्दावली भएको भन्दै सच्याउन भनेका थिए ।
नेपालको असहमति रहेको मस्यौदालाई नसच्याइ अहिले कार्यदलमा उनलाई बाइपास गरेर सहमति गर्न लागेको उच्च स्रोतले रातोपाटीलाई बतायो ।
नेता नेपालले भने आफूलाई बाइपास गरेर गरिने सहमति मान्य नहुने कार्यदलका सदस्यलाई जवाफ दिएका छन् ।
कार्यदलमा यो खालको तयारी भएपछि बैठक चलिरहेको बेला नेता घनश्याम भुसाल आइतबार दिउँसो सिंहदरबारबाट बाहिरिएर नेता नेपाललाई भेट्न पुगेका थिए ।
नेपाललाई भेटेर फेरि बैठक हलमा प्रवेश गरेका नेता भुसालले कार्यदलमा कुनै प्रगति नभएको बताए ।
‘वस्तुस्थित हिजोको भन्दा आज फरक छैन । हिजोअस्ति जुन ठाउँमा थियौँ, त्यही ठाउँबाटै छलफल प्रारम्भ भइरहेको छ । टुंगामो पुगिन्छ, पुगिँदैन अहिलेनै भन्न सक्ने अवस्था छैन। हेर्दै जाऔं’, उनले संवाददाताहरुलाई भने ।
नेताहरुका अनुसार घनश्याम भुसाल र रघुजी पन्त नेपालको अडानमा टसमस भएपनि उनी बाहेकका नेताहरु भीम आचार्य, भीम रावल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे उनलाई बाइपास गरेर भएपनि सहमति गर्नुपर्ने कित्तामा उभिएको उच्च स्रोतले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण