शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सिंहदरबार बैठकको साढे ११ घण्टापछि घनश्यामले भने–हिजो जहाँ थियौँ, त्यही छौँ

आइतबार, २७ असार २०७८, २० : ४४
आइतबार, २७ असार २०७८

सिंहदरबारमा जारी एमाले कार्यदलको बैठक गम्भीर मोडमा पुगेको छ । माधव नेपाल पक्षबाटै कार्यदलमा रहेका केही नेताहरु नेता नेपाललाई नै बाइपास गरेर भएपनि सहमति गर्नुपर्ने लाइनमा उभिएपछि बैठक गम्भीर मोडमा पुगेको हो । 
नेताहरुका अनुसार घनश्याम भुसाल र रघुजी पन्त नेपालको अडानमा टसमस भएपनि उनी बाहेकका नेताहरु भीम आचार्य, भीम रावल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे उनलाई बाइपास गरेर भएपनि सहमति गर्नुपर्ने कित्तामा उभिएको उच्च स्रोतले बताएको छ । 
सिंहदबारमा साढे ११ घण्टादेखि अहिले पनि जारी छ । केहीबेर बैठक हलबाट बाहिरिएर फेरि प्रवेश गरेका नेता घनश्याम भुसालले कार्यदलमा कुनै प्रगति नभएको बताए । 

‘वस्तुस्थित हिजोको भन्दा आज फरक छैन । हिजोअस्ति जुन ठाउँमा थियौँ, त्यही ठाउँबाटै छलफल प्रारम्भ भइरहेको छ । टुंगामो पुगिन्छ, पुगिँदैन अहिलेनै भन्न सक्ने अवस्था छैन। हेर्दै जाऔं’, उनले संवाददाताहरुलाई भने । 

यस्तै अर्थमन्त्री समेत रहेका विष्णु  पौडेलले पनि ठोस जवाफ दिएनन् । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप