शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

मेस्सीको सपना पूरा, नेइमारको अधुरै

आइतबार, २७ असार २०७८, ०८ : ०६
आइतबार, २७ असार २०७८

वर्तमान विश्वका उत्कृष्ट खेलाडीबारे कुराकानी गर्दा अर्जेन्टिनाका लियोनल मेस्सीसँगै पोर्चुगलका क्रिष्ट्रियानो रोनाल्डोको नाम चर्चामा आउँछ । उनीहरुसँगै नेइमारको नाम पनि जोडिन्छ । 

ब्राजिलका महान् फुटबलर पेलेसहित कतिपयले नेइमार नै उत्कृष्ट रहेको दाबी पनि बेला–बेलामा गर्ने गरेका छन् । मेस्सीले देशलाई अन्तर्राष्ट्रिय उपाधि जिताउन नसक्दा उनको ठूलो आलोचना हुने गरेको थियो । २००८ को बेइजिङ ओलम्पिकमा स्वर्ण जितेका मेस्सीले आइतबार कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि जिताउँदै आलोचकहरुको मुख बन्द गरेका छन् । 

ठिक, यहींनेर नेइमारको सपनामा धक्का लाग्यो । ठूला प्रतियोगिताको उपाधि उचाल्ने उनको सपना पूरा हुन सकेन । नेइमारले ब्राजिलबाट कन्फेडेरेशन कप र ओलम्पिक स्वर्ण जितेका छन् । तर, यी दुबै प्रतियोगितालाई ठूलो प्रतियोगिता मानिँदैन । 

नेइमारको उत्कृष्ट प्रदर्शनमा  ब्राजिलले घरेलु मैदानमै आयोजित २०१४ को विश्वकपको सेमिफाइनल यात्रा गरेको थियो । तर घाइते भएकाले उनले सेमिफाइनल खेल्न पाएनन्, जहाँ जर्मनीले घरेलु टोलीलाई ७–१ ले हरायो । 
२०१८ को विश्वकपमा नेइमारको ब्राजिल बेल्जियमसँग क्वाटरफाइनलमा पराजित हुँदै बाहिरियो । २०१९ मा ब्राजिलले कोपा अमेरिका जितेको थियो, तर यतिबेला चोटका कारण नेइमार टोलीमा थिएनन्  ।

 


 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप