बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

मेस्सीको अर्जेन्टिनालाई २८ वर्षपछि कोपा अमेरिका

आइतबार, २७ असार २०७८, ०७ : ३८
आइतबार, २७ असार २०७८

कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । माराकाना रंगशालामा पहिलो हाफको २२ औं मिनेटमा एन्जल डि मारियाले निर्णायक गोल गर्दा आयोजक ब्राजिललाई हराएर अर्जेन्टिनाले उपाधि जितेको हो । 

अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका जितेको हो,  पछिल्लोपटक १९९३ मा उसले यो उपाधि जितेको थियो । त्यसयता, अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिना उपाधि विहिन थियो । 

त्यस्तै, कप्तान लियोनल मेस्सीले देशबाट जितेको यो पहिलो प्रमुख उपाधि हो ।

मेस्सीको कप्तानीमा २०१४ को विश्वकप, २०१५ र २०१६ को कोपा अमेरिकामा अर्जेन्टिनाले फाइनल यात्रा गरेको थियो । तर उपाधि जित्न असफल रह्यो । मेस्सीले यसअघि ओलम्पिकमा स्वर्ण जितेका थिए, त्यसलाई अन्तर्राष्ट्रिय फुटबलमा प्रमुख प्रतियोगिता मानिँदैन । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप