शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले कार्यदल बैठक सहमति नजिक, आइतबार पुनः बस्ने

शनिबार, २६ असार २०७८, १८ : ४२
शनिबार, २६ असार २०७८

एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक सहमति नजिक पुगेको छ । शनिबारको बैठकपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै माधव नेपाल पक्षका नेता एवम् कार्यदल सदस्य भीम रावलले बैठक करिब सहमतिको बिन्दु नजिक पुगेको जानकारी दिए । 

त्यस्तै अर्का नेता गोकर्ण विष्टले बैठक लगभग निष्कर्षमा आइपुगेको र आइतबार पुनः बस्नेगरी स्थगित भएको जानकारी दिए ।  विष्टले भने, ‘भोलिको दिन पार्टी एकताको सन्देश दिन सफल हुनेछौं । भोलि सार्थक निष्कर्षमा पुग्नेछौँ । आजै सक्ने चाहना थियो ।’ उनले एमालेलाई एकताबद्ध बनाएर राष्ट्र र जनताको पक्षमा उभ्याउने दृढता व्यक्त गरे । उनले भने, ‘अहिले विश्वासको वातावरण  बनेको छ । सुखद् समाचार भोलि नै सुन्न पाउनुहुन्छ ।’

त्यस्तै नेता सुवास नेम्वाङले धेरै कुरा मिलिसकेको जानकारी दिए । उनले भने, धेरै कुरा मिलिसकेको छ । भोलि सुखद समाचार सुन्नुहुनेछ ।’ बैठक आइतबार बिहान ८ बजे बस्नेछ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप