जंगलबाट ज्यान बचाउन अपिल गर्ने किशोर भेटिए, किशोरीको सम्पर्क खोज्दै प्रहरी

अन्तरजातीय विवाह गरेका कारण धम्की आएको दाबी गर्दै कैलालीबाट शुक्रवार नव दम्पतीले सामाजिक सञ्जाल (ट्विटर)मा भिडियो पोष्ट गरेका थिए । सो भिडियोले धेरैको ध्यान खिच्यो ।
कैलालीको जंगलबाट भिडियो पोष्ट गरेको दावी गरेका भजनी नगरपालिका–४ झलझलियाका प्रकाश विश्वकर्मा फेला परेका छन् । उनी भजनीस्थित घरमै भेटिएको कैलालीका एसपी विश्व अधिकारीले रातोपाटीलाई बताए ।
प्रकाशसँग अन्तरजातीय विवाह गरेकी मालती रावल सम्पर्कमा आएकी छैनन् । ‘हामी किशोरीको सम्पर्कमा पुग्ने प्रयास गरिरहेका छौं’ एसपी अधिकारीले भने– ‘किशोर घरमै सुरक्षित छन् ।’
उनीहरुले अन्तरजातीय विवाहका कारण जंगलमा लुक्न बाध्य भएको दाबी गरेपनि असार ४ मा घरबाट हिँडेका उनीहरु कोहलपुरमा बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
असार २३ मा साँझ कोहलपुरबाट घर फर्कने क्रममा उनीहरुले कर्णाली पुल नजिकै जंगलमा भिडियो बनाएर घर गएको प्रहरीले जनाएको छ । किशोरीका आफन्तले थाहा पाएपछि असार २४ मा प्रकाशको घरबाट किशोरीलाई लगेका थिए । किशोरीलाई उनका आफन्तले कुटपिट गरेको केटा पक्षले दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोको जोखिममा दलित बस्ती
-
जाकाराण्डा फूलको संरक्षण गर्दै ललितपुर महानगर
-
आरआर क्याम्पसमा नेविसंघको विवाद के हो ?
-
राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादीहरुको मोटरसाइकल र्याली, तस्बिरमा हेर्नुहोस्
-
देउवाको ब्रिफिङ : गठबन्धनमा समस्या छैन, ओलीले छोडेर गए त के लाग्छ र !
-
महानगरबाट अहिलेसम्म ५२ हजार ७ सय ४० ले निःशुल्क कानुनी सेवा लिए : उपप्रमुख डंगोल