अन्तरजातीय विवाहका कारण जङ्गलमा लुक्न बाध्य दम्पती, जीवन बचाउन अपिल
अन्तरजातीय विवाह गरेका कारण धम्की आएको दाबी गर्दै कैलालीबाट नव दम्पतीले सामाजिक सञ्जाल (ट्विटर)मा भिडियो पोस्ट गरेका छन् । ट्विटरमार्फत सार्वजनिक सो भिडियो कैलालीको जङ्गलबाट पोस्ट गरेको दाबी गरिएको छ । कैलालीको भजनी नगरपालिका–४ झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावल अन्तरजातीय विवाहका कारण जङ्गलमा लुक्न बाध्य भएका हुन् ।
प्रकाशको आफन्तले दिएको जानकारी गराउँदै अधिकारकर्मी जेबी विश्वकर्माले सो भिडियो आफ्नो ट्विटर ह्यान्डलबाट पोस्ट गरेका छन् ।
"हामी भागेर जंगलमा बसिरहेका छौं"
— J B Biswokarma (@JBBiswokarma) July 9, 2021
कैलालीका भजनी नगरपालिका-४ भलझलियाका प्रकाश विश्वकर्मा र मालती रावल अन्तरजातीय विवाहका कारण भाग्दै जंगलमा बसिरहेको भिडियो सार्वजनिक भएको छ । उहाँहरुले जीवन रक्षाको लागि सहयोगको अपेक्षा गर्नुभएको छ । प्रकाशको आफन्तबाट प्राप्त भिडियो@NepalPoliceHQ pic.twitter.com/BjF7bA1Ogo
भिडियोमा प्रकाशले विवाह गरेपछि परिवारले नमानेको हुनाले जङ्गलमा आउनुपरेको बताएका छन् । मालतीले भनेकी छिन्–‘हामीलाई धम्की दिएका छन् ।’
रुकुम पश्चिममा भएको घटना दोहोरिने धम्कीपूर्ण म्यासेज आएको जानकारी गराउँदै उनीहरूले जीवन बचाउन अपिल गरेका छन् । अन्तरजातीय विवाहका कारण भएको झडपमा रुकुम पश्चिममा जाजरकोटका २१ वर्षीय नवराज विक सहित ६ जनाको ज्यान गएको थियो ।
दम्पतीले आफूहरूले प्रेम गरेर विवाह गरेको र मालतीको पेटमा बच्चा भएको उल्लेख गर्दै टाढा हुन नचाहेको बताएका छन् ।
घटनाबारे जानकारी नभएको कैलालीका एसपी विश्व अधिकारीले बताए । रातोपाटीसँग कुरा गर्दै अधिकारीले भने–‘अहिलेसम्म घटना जानकारीमा थिएन, यसबारे बुझेर अनुसन्धान अगाडी बढाउँछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण