बैठकबाट बाहिरिँदै पन्तले भने - सहमतिको मस्यौदालाई अन्तिम रुप दिँदैछौँ
शुक्रबार, २५ असार २०७८, १७ : ५०

पार्टीभित्रको विवाद समाधान गर्नका लागि गठन गरिएको कार्यदलका सदस्य रहेका एमाले नेता रघुजी पन्तले सहमतिका लागि तयार गरिएको मस्यौदामाथि कार्यदलमा छलफल भइरहेको जानकारी दिएका छन् ।
कार्यदलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै पन्तले भने, ‘एकताका लागि तयार गरिएको मस्यौदामाथि कार्यदलको बैठकमा छलफल भइरहेको छ । कार्यदलका सदस्यहरुबाट विभिन्न सुझावहरु आएका छन् । ती सुझावलाई समेटेर अन्तिम रुप दिने प्रयास भइरहेको छ । सम्भवतः आज नै हामी सहमति गर्ने तयारीमा छौँ’ उनले भने ।
पन्त बाहिरिए पनि कार्यदलको बैठक जारी रहेको छ । यसअघि, शंकर पोखरेल पनि बैठक स्थलबाट बाहिरिएका थिए ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरक मत व्यवस्थापन गर्न नसक्दा माओवादीमा शृङ्खलाबद्ध टुटफुट
-
असारभित्र ८ वर्ष पुराना मुद्दा शून्य बनाउने लक्ष्यमा सफलता हासिल हुँदैछ : प्रधानन्यायाधीश
-
प्रेस युनियनको आयोजनामा शनिबारदेखि ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुने
-
विपक्षी दलकै धारणा छरपस्ट, रास्वपा प्रतिपक्षीभन्दा सरकारसँग नजिक
-
भारतका लागि समर्थन खोज्न भगतसिंह आएकै बेला के–के भयो नेपालमा ?
-
गभर्नरको आशाले उचालियो सेयर बजार, ३७ अंकले बढ्दा ८२ अंकको उतारचढाव