कार्यदल बैठक छोडेर शङ्कर पोखरेल बाहिरिए, भने - प्रयास जारी छ
नेकपा एमाले विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठक सिंहदरबारमा जारी छ । चार घण्टादेखि जारी बैठकबाट कार्यदल सदस्य शङ्कर पोखरेल भने बाहिरिएका छन् । छलफल जारी रहेकै बेला पोखरेल भने बैठक छोडेर बाहिरिएका हुन् ।
उनले सहमतिका लागि प्रयास जारी रहेको भन्दै सम्भवतः आजै विवाद टुङ्गिने बताए । ‘हामी सहमतिका लागि अधिकतम प्रयास गरिरहेका छौ । सम्भवतः आजै हामी टुङ्ग्याउँछौ’, पोखरेलले संक्षिप्त प्रतिक्रिया दिएका छन् ।
पार्टी विवाद मिलाउन कार्यदलको बैठक गत सोमबारदेखि लगातार बस्दै आएको छ । कार्यदलका सदस्यहरूले आफ्नो तर्फबाट ‘एजेण्डा’मा लगभग सहमति जुटिसकेको र त्यसलाई ‘फाइनलाइज’ गर्न मात्र बाँकी रहेको बताउँदै आएका छन् ।
कार्यदलमा माधव पक्षबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, र रघुजी पन्त तथा भीम आचार्य लगायत ६ जना र ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा उपमहासचिव विष्णु प्रसाद पौडेल, सचिव प्रदीप कुमार ज्ञवाली, स्थायी कमिटी सदस्य शङ्कर पोखरेल, विष्णु रिमाल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण