सन्ध्या तिवारीको नेकपा एमाले जजपामा फेरियो

निर्वाचन आयोगमा सन्ध्या तिवारीका नाममा दर्ता भएको पुनर्गठित नेकपा एमालेको नाम परिवर्तन भएको छ । सो पार्टीको नाम अब जनता जनवादी पार्टी (जजपा) रहने भएको छ ।
नेकपाभित्र विवाद चर्किरहेका बेला गत साल सन्ध्या तिवारीका नाममा निर्वाचन आयोगमा नेकपा एमाले दर्ता भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा एमाले दर्ता गरिएको नेकपाको अर्को खेमाले आरोप लगाउँदै आएको थियो ।
सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपालाई विभाजन गराई पुरानै एमाले ब्युँताइदिएपछि तिवारीको एमाले खारेज भएको हो ।
निर्वाचन आयोगले तिवारीलाई पत्र लेखेर उनको पार्टीको नाम सच्याउन निर्देशन दिएको आयोग स्रोतले रातोपाटीलाई बतायो । ‘नेकपा एमाले ब्युँतिएपछि नाम फेर्न पत्राचार गरिएको थियो, अहिले सो पार्टीको नाम फेरिएर जजपा भइसकेको छ,’ आयोग स्रोतले भन्यो, ‘चुनाव चिन्ह अर्कै रहेको हुनाले त्यसमा समस्या रहेन ।’
सन्ध्या तिवारीको एमालेले डाँडामाथिको उदाउँदो सूर्य चुनाव चिन्ह पाएको थियो ।
गोपाल किरातीको पार्टी पनि फेरियो
यसैबीच, फागुन २३ गते प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र ब्युँतिएपछि निर्वाचन आयोगले गोपाल किरातीलाई पनि पुनर्गठित नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह फेर्न पत्राचार गरेको थियो । आयोगको निर्देशनपछि किरातीले आफ्नो पार्टीको नाम फेरेर एकीकृत नेपाल कम्युनिस्ट पार्टी बनाएका छन् ।
किरातीले पूर्वमाओवादीकै चुनाव चिन्ह गोलाकारभित्रको हँसिया– हथौडा पाएकोमा अब त्यो नपाउने निर्वाचन आयोगका अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न