निर्दलीयता आउँछ भन्ने बडो विचित्रको तर्क आयो : वरिष्ठ अधिवक्ता कार्की
वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्कीले प्रधानमन्त्री तर्फका कानुन व्यवसायीले धारा ७६ (५)मा दलीय निर्देशन ह्वीप नलगाउँदा निर्दलीयता आउँछ भनेर ‘विचित्रको तर्क’ गरेको बताएका छन् । निवेदक पक्षबाट जवाफ दिँदै सोमबार संवैधानिक इजलासमा कार्कीले भने, ‘निर्दलीयता आउँछ भन्ने बडो विचित्रको कुरा आयो, त्यसो भए ७६ (५) किन राखेको ?’
संविधान बनाउँदा छलफल गरेर उपधारा (५) राखिएको दाबी गर्दै कार्कीले भने–‘अहिले जानीजानी अनावश्यक तर्क गरिरहेका छन् ।’ धारा ७६ (५) मा पार्टी ह्वीप लाग्छ कि लाग्दैन र दलले कारबाही गर्छ वा गर्दैन भन्ने विषय राष्ट्रपतिले चासो लिने विषय नभएको उनले जिकिर गरेका छन् । असम्बन्धित कारण देखाउँदै प्रधानमन्त्री नियुक्त नगरेर राष्ट्रपति संविधान (क्षेत्राधिकार) भन्दा बाहिर गएको जिकिर गर्दै कार्कीले भने–‘तथापि उहाँले हार्नुभयो, अब एक मात्रै अदालतले व्याख्या गर्छ ।’ धारा ७६ (५) मा ह्वीप नलाग्दा दल खत्तम नहुने कार्कीले बताए । उनले भने–‘श्रीमानबाट जिज्ञासा आएको थियो निर्दलीयता आउँदैन भनेर, गुञ्जायसै छैन श्रीमान्, शङ्का गरे लङ्का जान्छ दल खत्तम हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण