सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

५८ दिनपछि हवाई उडान स्वीकृति पाएको बुद्ध एयरको पहिलो दिनमै ३५०० बुकिङ

बिहीबार, १७ असार २०७८, १५ : १०
बिहीबार, १७ असार २०७८

दोस्रो बन्दाबन्दीको ५८ दिनपछि बिहीबारदेखि आन्तरिक हवाई उडान सुचारु भएको पहिलो दिनमै बुद्ध एयरले अधिकतम ३५०० बुकिङ पाएको छ । 

बन्दाबन्दी अघिको कुल उडान सङ्ख्याको ५० प्रतिशत कम उडान स्वीकृति पाए पनि ग्राहकहरूको उल्लेखनीय सहभागिता पाएको बुद्ध एयरका सेल्स एन्ड मार्केटिङ निर्देशक रुपेश जोशीले जानकारी दिए । 

जोशीका अनुसार आज पहिलो दिन नै बुद्ध एयरले अधिकतम ३५०० बुकिङ पाएको छ । ‘यो हाम्रो लागि निकै उत्साहजनक सङ्ख्या हो । पहिलो बन्दाबन्दी पछि भएको उडानमा यत्तिको सहभागिता थिएनन्’ निर्देशक जोशीले भने ।

बुद्ध एयरले नियामक निकाय नागरिक उड्डयन प्राधिकरणबाट हालका लागि कुल ३१ उडानको स्वीकृति पाएको छ । 

निर्देशक जोशीका अनुसार ३१ उडानबाट बुद्ध एयरले झन्डै ३८०० यात्रु उडान भर्न सक्छन् । तथापि, नागरिक उड्डयन प्राधिकरणको उडान तालिका अनुसार हरेक घण्टामा ७ उडान मात्रै हुने हुँदा विमानस्थलमा भिडभाड देखिएको छैन । 

कोभिडविरुद्धको निर्देशिका अनुसार उडान सेवा सञ्चालन भइरहेकोमा हरेक यात्रुको तापक्रम मापन, ह्याण्ड स्यानिटाइजरको व्यवस्था, विमानभित्र मास्क र फेशशिल्डको अनिवार्य प्रयोग सुरक्षाका प्रमुख उपायहरू अपनाइएको बुद्ध एयरले जनाएको छ ।

सो अवसरमा कम्पनीले बर्खाको समयलाई मध्यनजर गर्दै बढी पहिराले बाटोघाटो असहज भएका गन्तव्यमा थप उडानहरू समेत सुचारु गरेको जनाएको छ । 

हाल बुद्ध एयरसँग १५ वटा जहाजमध्ये १० एटीआर ७२, ३ वटा एटीआर ४२ र २ वटा बिचक्राफ्ट जहाजहरू रहेका छन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप