शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खुल्यो आन्तरिक उडान, यात्रुको चापाचाप (१४ तस्बिरमा हेर्नुहोस्)

बिहीबार, १७ असार २०७८, १३ : ०१
बिहीबार, १७ असार २०७८

करिब २ महिना लामो बन्दाबन्दी पछि बिहीबारदेखि आन्तरिक उडान सञ्चालनमा आएको छ । उडान खुलेसँगै बिहीबार बिहान रातोपाटीकर्मी पुग्दा यात्रुहरुको चापाचाप देखिन्थ्यो । 

गत असार ७ गतेको सरकारको निर्णय अनुसार कोटा प्रणाली लागू गरी उडान सञ्चालनमा आएको हो । 
त्रिभूवन विमानस्थलका अनुसार कुल ६७ उडानका लागि ११ कम्पनीले कोटा प्रणाली अनुसार उडान स्वीकृति पाएका छन् । 

ठूला कम्पनीहरु बुद्ध एयर, यति एयर, श्री एयर र सौर्य एयरले आज विहानै देखि उडान शुरु गरिसकेका छन् भने साना गन्तव्यका उडान भर्ने ८ कम्पनीले उडान शुरु गर्न बाँकी रहेको नियामक निकाय नागरिक उड्यान प्राधिकरणका प्रवक्ता राजेन्द्र क्षेत्रीले रातोपाटीलाई जानकारी दिए ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप