शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पूर्व माओवादीका चार नेता एमाले स्थायी कमिटीमा

बुधबार, १६ असार २०७८, १४ : ३२
बुधबार, १६ असार २०७८

नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका चार जना माओवादी नेतालाई पार्टीको स्थायी कमिटीमा स्थान दिइएको छ । रामबहादुर थापा बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई एमालेको स्थायी कमिटीमा थप गरिएको हो । त्यस्तै, एमालेबाट पनि रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघु पन्तलाई पनि पार्टीको स्थायी कमिटीमा थप गरिएको छ । साबिकको नेकपामा रहेका स्थायी समिति सदस्यहरुलाई एमालेमा सोही हैसियतमा स्थान दिइएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

आजदेखि नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी पनि भंग भएको छ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक आज बालुवाटारमा बसेको हो । बैठकले कमिटीलाई भंग गर्ने स्थायी समितिको निर्णयलाई अनुमोदन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

त्यस्तै माधव नेपाल पक्षका ११ जना नेताको कारवाही पनि निस्क्रिय भएको ज्ञवालीको भनाइ छ । अब आगामी असार १८ गते पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने पनि ज्ञवालीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप