पूर्व माओवादीका चार नेता एमाले स्थायी कमिटीमा
नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका चार जना माओवादी नेतालाई पार्टीको स्थायी कमिटीमा स्थान दिइएको छ । रामबहादुर थापा बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई एमालेको स्थायी कमिटीमा थप गरिएको हो । त्यस्तै, एमालेबाट पनि रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघु पन्तलाई पनि पार्टीको स्थायी कमिटीमा थप गरिएको छ । साबिकको नेकपामा रहेका स्थायी समिति सदस्यहरुलाई एमालेमा सोही हैसियतमा स्थान दिइएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
आजदेखि नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी पनि भंग भएको छ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक आज बालुवाटारमा बसेको हो । बैठकले कमिटीलाई भंग गर्ने स्थायी समितिको निर्णयलाई अनुमोदन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
त्यस्तै माधव नेपाल पक्षका ११ जना नेताको कारवाही पनि निस्क्रिय भएको ज्ञवालीको भनाइ छ । अब आगामी असार १८ गते पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने पनि ज्ञवालीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
