एमालेको महाधिवेशन आयोजक कमिटी भंग, ११ जना नेताको कारवाही निष्क्रिय
नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको छ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक आज बालुवाटारमा बसेको हो । बैठकले कमिटीलाई भंग गर्ने स्थायी समितिको निर्णयलाई अनुमोदन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
२०७७ चैत ७ गते बसेको केन्द्रीय कमिटीको बैठकले दसौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यसका लागि महाधिवेशन आयोजना गर्न केन्द्रीय कमिटीलाई राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा पुन: रुपान्तरण गरिएको थियो । ज्ञवालीले सर्वाेच्च अदालतको निर्णय तथा पार्टीको आन्तरिक कारण र एकताको प्रयासका लागि अब महाधिवेशन आयोजक कमिटीले केन्द्रीय कमिटीका रुपमा काम गर्ने बताए । अदालतले महाधिवेशन आयोजक कमिटीको क्षेत्राधिकार बारे प्रश्न उठाएको थियो । ज्ञवालीले अदालतको आदेश त्रुटिपूर्ण भएको र राजनीतिक दल सम्बन्धी ऐनसँग बाझिएको पार्टीको ठहर रहेको बताउँदै त्यसबारे कानुनी उपचारकाे प्रक्रियामा गइसकेको जानकारी दिए । यद्यपि अदालतको आदेशलाई पार्टीले मान्ने पनि उनले जिकिर गरे ।
त्यस्तै माधव नेपाल पक्षका ११ जना नेताको कारवाही पनि निष्क्रिय भएको ज्ञवालीको भनाइ छ । यसले पार्टीलाई थप एकताबद्ध गर्ने आधार पनि सिर्जना भएको उनले विश्वास व्यक्त गरे । अब आगामी असार १८ गते पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने पनि ज्ञवालीले जानकारी दिए ।
त्यस्तै, नेकपा माओवादीबाट एमालेमा आएका रामबहादुर थापासहितका नेतालाई स्थायी कमिटीका अटाउने निर्णय गरिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण