शम्भु थापालाई पन्तको जवाफ –‘कार्यालयलाई विपक्षी बनाउने अनि, राष्ट्रपतिलाई हु आर यू भन्ने ?’
वरिष्ठ अधिवक्ता सुशील पन्तले राष्ट्रपतिलाई मुद्दा नलाग्ने जिकिर गर्दै विद्यादेवी भण्डारीलाई ‘तिमी को हौ ?’ भन्न नमिल्ने जिकिर गरेका छन् । निवेदक तर्फका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता शम्भु थापालाई जवाफ दिँदै पन्तले भने–‘कार्यालयलाई विपक्षी बनाएर मुद्दा ल्याउने, अनि राष्ट्रपतिलाई हु आर यू भन्ने ?’
जेठ ९ मा निवेदकको तर्फबाट बहस गदै वरिष्ठ अधिवक्ता शम्भु थापाले बहुमत सदस्यको हस्ताक्षर सहित शेर बहादुर देउवाले प्रधानमन्त्रीमा गरेको दावीमा अस्विकार गरेकोमा इजलासबाट राष्ट्रपतिलाई प्रश्न गरेका थिए–‘हु आर यु ?’
पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बहस गरेका हुन् । धारा ७६ (५) ले भनेको आधार भनेको कसैले ‘आकाश थामिदिन्छु मैले भनेपछि पत्याउनुपर्छ’ भनेमा त्यस्तो आधार पत्याउन नमिल्ने पन्तले जिकिर गरेका छन् ।
‘धारा ७६ (५) निर्दलीय हुन्छ भनेर मात्रै हुने कुरा होर, त्यहाँ लेख्नुपर्दैन’ पन्तले प्रश्न गरे –‘धारा ७६(५) मा निर्दलीय हुन्छ भनेर लेखेको छ र ?’
बहुदलीय शासन प्रणालीमा दलले पत्र लेखेर पठाएपछि सांसदहरुलाई ‘तिमीहरु स्वतन्त्र हौँ, ह्वीप लाग्दैन’ भन्न नमिल्ने पन्तले जिकिर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु